ललितपुरमा बन्दको तनाव, सात गाडी तोडफोड, सडक सुनसान, बन्द पाँच बजे खुल्ने

बिजमाण्डू
२०६९ साउन ७ गते ००:०० | Jul 22, 2012

काठमाडौं । बागमती किनाराका सुकुम्वासिलाई सुन्दरीघाट सार्ने विषयमा उत्पन्न विवादका वीच आज ललितपुर बन्द भएको छ । बन्दका कारण ललितपुरमा तनाव सिर्जना भएको छ । बन्दकर्ताहरुले ललितपुरमा यातायातका साधन प्रवेशमा रोक लगाएका छन् भने ठाउँठाउँमा तोडफोस समेत गरेका छन् । बन्दकारीले अहिलेसम्म चौधरी समूहको एउटा गाडी सहित सातवटा गाडी तोडफोड गरेका छन् ।
ललितपुरवासीले सुकुम्वासीलाई सुन्दरीघाट सार्ने निर्णयविरुद्ध तीन दिने बन्दको आयोजना गरेका हुन् । यस अघि पनि उनीहरुले एक दिन बन्द गरिकसकेका छन् । यसैवीच संघर्ष समितिका अध्यक्ष सुर्यमान महर्जनले ललितपुर बन्द पाँचबजे खुल्ने जानकारी दिएका छन् ।

Tata
GBIME
Nepal Life