
काठमाडौँ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको छ । भेटमा पछिल्लो राजनीतिक अवस्था, संविधानसभाको निर्वाचनका तयारीलगायतका विषयमा कुराकानी भएको बुझिएकोछ । प्रचण्डले असार पहिलो साता भित्र निर्वाचन गर्ने गरी काम गर्न अध्यक्षलाई आग्रह गरेका थिए ।