काठमाडौं । स्टेट बैंक अफ इण्डिया(एसबीआई)ले किंगफिशर एयरलाइन्सका लागि ऋण लिंदा धितोमा राखेको युनाइटेड स्प्रिट्सको सेयर विक्री गरेपछि कम्पनीका मालिक बम्बई उच्च अदालत पुगेका छन् । एसबिआईले युबि स्प्रिट्सको एक अर्ब भारु बराबरका सेयर लिलामी गरेको हो । कंगाल बनेको किंगफिसरका लागि एसबिआईले साढे सात अर्ब ७५ अर्ब भारु ऋण प्रवाह गरेको छ । युबि स्प्रिट्सको सेयर लिलामी हुन थालेपछि बेलायती मदिरा कम्पनी डियाजिओसँग डिलमा असर पर्ने आंकलन भारतीय मिडियाले गरेका छन् । माल्याले कम्पनीको ठूलो हिस्सा सेयर डियाजिओलाई विक्री गर्ने सम्झदारी गत नोभेम्वरमा गरिसकेका छन् ।
युनाइटेड स्प्रिट्समा माल्याको २७ प्रतिशत सेयर छ, तर यो सेयरको अधिकांश हिस्सा किंगफिशरका लागि बैंकमा कोल्याट्रल राखिएको छ । ऋण असुलीका लागि हामीले हरेक उपाय अपनाइरहेका छौं, युनाइटेड स्प्रिट्सको केही सेयर विक्री भएका छन्, युवि होल्डिङ्गबाट सेयर विक्री नगर्न सूचना पनि प्राप्त गरेका छौं, युनाइटेड स्प्रिट्सका अधिकारीले इकोनोमिक टाइम्सलाई बताए ।
तर हामी अरु सेयर पनि विक्री प्रक्रियाका लागि अघि बढेका छौं, अदालतले पनि यो प्रक्रियालाई अघि बढाउने विश्वास हाम्रो छ, बैंक अधिकारीले बताए । गत साता अर्थमन्त्री पि चिदम्वरमले धनी लगानीकर्ताको पक्षमा काम नगर्न बैंकलाई निर्देशन दिएका थिए । यही निर्देशनपछि बैंकले आफ्नो असुली प्रक्रियलाई तिव्र पारेका हुन्