
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधि मण्डलले सोमवार भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री छविराज पन्तसंग भेटि यो आर्थिक वर्षको बाँकी अवधिक पूर्ण बजेट ल्याउन आग्रह गरेको छ । महासंघ अध्यक्ष जयराम लामिछानेको नेतृत्वमा गएको टोलीले आगामी बजेट समयमा नै ल्याएर देशलाइ आर्थिक रुपमा निकास दिन समेत आग्रह गरेको थियो ।
नेपाल निर्माण व्यवसायी महासंघ र सरकारबीच २०६६ साल मंसिर ४ गते भएको सम्झौतामा बमोजिम दुई करोड सम्मको निर्माण कार्य विना योग्यता भाग लिन पाउने व्यवस्थालाई बजेटमा सम्बोधन गर्न माग पनि उनले गरेका थिए । सार्वजनिक खरिद ऐनमा भएका असमान व्यवस्थाहरुको कारण साना तथा ठूला निर्माण व्यवसायीहरु धरासायी बन्दै गईरहेको भन्दै उनले मन्त्रीको ध्यान आर्कषित गरेका थिए ।
पूर्ण बजेट नआएको कारणले बहुवर्षिय योजनाहरु लगायत अन्य योजना प्रभावित भएको मन्त्रीलाई जानकारी दिएको महासंघले सोमवार जारी प्रेस विज्ञप्तिमा छ । मन्त्री पन्तले सरकार निर्माण व्यवसायीको समस्याप्रति गम्भीर रहेको र अहिले नै सम्पन्न गर्न सक्ने कामरु तत्काल गर्न सम्बन्धित क्षेत्रलाई निर्देशन दिने बताए । ‘यो सरकारले तत्काल हुन सक्ने काम गर्दछ यसको लागि निर्माण व्यवसायीहरुको पनि आवश्यक सहयोग गर्नु जरुरी छ’ मन्त्रीले भने ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी प्रसाद सिटौलाले नेपालको पूर्वाधार विकास निर्माणका लागि नेपाली निर्माण व्यवसायी सक्षम भएको बताएका थिए । पन्तलाई भेट गर्न नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार रमेश शर्मा, अध्यक्ष लामिछाने, निवर्तमान अध्यक्ष यक्षध्वज कार्की, वरिष्ठ उपाध्यक्ष रवि सिंह, उपाध्यक्षद्धय बहादुरसिंह लामा, विष्णुभाइ श्रेष्ठ, उप–महासचिव(नीतिगत) वासुदेब उप्रेती,सह–कोषध्यक्ष खोपनिधि लोहनी कार्यसमिति सदस्य छिरङ्गउटुप लामा र कार्यालय प्रमुख कृष्णबहादुर पोखरेल सहभागी थिए ।