
काठमाडौं । सेयर बजार विश्लेषकको अनुमान अनुसारै साताको पहिलो दिन आइतवार सेयर बजार ठूलो अंकले तल झर्यो । विश्लेषकहरुले यो साता भरी सेयर सूचकांकमा राम्रो सुधार नहुने बताएका छन् । आगामी केही सातापछि भने सेयर बजारका लागि लगानीको वातावरण बन्ने र त्यसले बजारलाई माथि पनि लैजाने उनीहरुको अनुमान छ ।
आइतवार नेप्से सूचक साढे सात अंकले तल झरेर ५११ अंकमा ओर्लिएको छ । बैकिङ्ग समूहको सूचक १२.४२ अंकले तल झर्यो भने होटल समूहको सूचक ४.६८, जलविद्युत समूहको सूचक १७.५६ अंक, इन्सुरेन्स समूहको सूचक ४.५४ अंकले तल झर्यो । नेपाल टेलिकमको सेयर मूल्यमा सामान्य सुधार भएपछि अन्य समूहको सूचकमा भने झण्डै छ अंकको वृद्धि भयो ।
अरुणभ्यालीको सेयर ११ रुपैयाँ घटेर २८९ मा, बैंक अफ काठमाण्डूको १५ रुपैयाँ घटेर ६६१ मा, सिटि विकास बैंकको ११ रुपैयाँ घटेर १५५ मा, चिलिमे हाइड्रोको सेयर २७ रुपैयाँ घटेर ११२२ मा, एभरेष्ट बैंकको ३१ रुपैयाँ घटेर १५४४ मा, ग्लोबल आइएमईको १६ रुपैयाँ घटेर ४८२, ग्रान्ड बैंकको प्रवद्र्धक सेयर ११ रुपैयाँ घटेर १४७ मा कारोवार भयो ।
त्यसैगरी हिमालयन बैंकको २० रुपैयाँ घटेर ७५५ मा, लाइफ इनसुरेन्स कम्पनी नेपालको २० रुपैयाँ बढेर हजारमा, नविल बैंकको सेयर ६७ रुपैयाँले घटेर १७८५ मा, नविल प्रवद्र्धक सेयर २१ रुपैयाँ घटेर १०७४, नेपाल बंगलादेश बैंक १२ रुपैयाँ घटेर ३११ मा कारोवार भयो । नेपाल लाइफ इन्सुरेन्स कम्पनीको ५४ रुपैयाँ घटेर १९५० मा, एनएमबी बैंकको १० रुपैयाँ घटेर २६५ मा, नेपाल एसबीआई बैंकको ३० रुपैयाँ घटेर ८०५ मा, स्ट्याण्डर्ड चार्टडको ३९ रुपैयाँ घटेर १८३० मा कारोवार भयो ।