सुन तोलामा तीन सय सस्तो, चाँदी किलोमा नौ हजार महँगो

बिजमाण्डू
२०६९ असार २० गते ००:०० | Jul 4, 2012

काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुन र डलरको भाउ सस्तिएपछि बुधवार नेपालमा सुनको मूल्य घटेको छ । बुधवारका लागि नेपाल सुन चाँदी व्यवसायी संघले छापावाल सुनको प्रतितोला ५६ हजार तीन सय रुपैया र तेजावी सुनको ५६ हजार ५० रुपैयाँ तोक्यो । आइतवारको तुलनामा सोमवार सुनको मूल्य सस्तो भएको थियो, मंगलवार सुनको मूल्यमा कुनै परिवर्तन भएको थिएन । मंगलवारको तुलनामा बुधवार छापावाल र तेजावी सुन दुवै प्रतितोला तीन सय रुपैयाँले सस्तो भएको छ ।
पहिलो त अन्तराष्ट्रिय बजारमा सुनको मूल्य सस्तो भएको छ, दोस्रो सुन किन्न प्रयोग हुने प्राथमिक मुद्रा डलर पनि योवीचमा सस्तो भएको छ । सुन सस्तीए पनि चाँदी भने महँगो भएको छ । मंगलवारको तुलनामा बुधवार एक किलो चाँदीमा नौ हजार रुपैयाँ बढेको छ । बुधवारका लागि चाँदी एक किलोको आठ लाख ७९ हजार रुपैयाँ तोकिएको छ ।
भारतीय मुद्रा अधिमूल्यन हुँदै जाँदा र अमेरिकी डलर कमजोर हुँदै गैरहेको यो अवस्था कायम रहे सुनको मूल्य अझै तल झर्ने छ ।

Tata
GBIME
Nepal Life