निर्वाचनको रंगमा रंगिने स्टकको संकेत, नेप्सेमा सामान्य वृद्धि, जलविद्युतले बढायो सूचक

बिजमाण्डू
२०६९ चैत्र १२ गते ००:०० | Mar 25, 2013
निर्वाचनको रंगमा रंगिने स्टकको संकेत, नेप्सेमा सामान्य वृद्धि, जलविद्युतले बढायो सूचक


काठमाडौं । रित्तो निर्वाचन आयोगमा प्रमुख र आयुक्त नियुक्तिपछि देशमा चुनावको माहोल बन्न थालेको छ, सम्भवत त्यसको झिनो प्रभाव सोमवार नेपाल स्टक एक्सचेञ्जमा देखिएको छ । गत साता ठूलो अंकले घटेको र यो साता आइतवारको आपेनिङ्ग पनि तल झरेको सेयर बजारमा देखिएको चहलपहलले नेप्सेमा सामान्य सुधार देखियो ।
सोमवार बैकिङ्ग समूह ४.३३, जलविद्युत १३.२२, इन्सुरेन्स २.२८ ले वृद्धि रह्यो, विकास बैंक, वित्त र अन्य समूहको सूचक भने सोमवार पनि रात्तै रहे । बुटवल पावरको सेयर २० रुपैयाँ बढेर ७७५ मा, चिलिमेको १० रुपैयाँ बढेर ११५० मा, नागरिक लगानी कोषको ११ रुपैयाँ बढेर १४१० मा, एभरेष्ट बैंकको १४ रुपैयाँ बढेर १५७४ मा, एभरेष्ट बैंक कन्भर्टिवल प्रिफरेन्स सेयर १३ रुपैयाँ घटेर ७९० मा कारोवार भयो ।
लाइफ इन्सुरेन्स कम्पनीको भने १५ रुपैयाँ घटेर ९८० मा, नविल बैंकको १७ रुपैयाँ बढेर १८५२ मा, नविल बैंक प्रवद्र्धक सेयर २१ रुपैयाँ बढेर १०९६ मा, नेपाल बैंकको १३ रुपैयाँ बढेर ६६५ मा कारोवार भयो । नेरुडे लघुवित्तको १८ रुपैयाँ घटेर ३०७ मा, नेपाल लाइफ इन्सुरेन्सको भने २७ रुपैयाँ बढेर १९८७ मा कारोवार भयो । स्ट्याण्डर्ड चार्टडको सेयर ११ रुपैयाँ घटेर १८५९ मा, सेवा विकास बैंकको १६ रुपैयाँ घटेर १२४ मा र सगरमाथा इन्सुरेन्सको भने २० रुपैयाँ बढेर १०२८ मा कारोवार भयो ।

Tata
GBIME