एनआईसी बैंक र बैंक अफ एसियालाई मर्जरको स्वीकृती, रेसुङा र साइनलाई पनि अनुमति

बिजमाण्डू
२०६९ साउन ५ गते ००:०० | Jul 20, 2012

काठमाडौं । एनआइसी बैंक र बैंक अफ एसिया नेपालले मर्जरका लागि सैद्धान्तिक स्वीकृति पाएका छन् । राष्ट्र बैंकको सञ्चालक समिति वैठकले मर्जर स्वीकृति दिएको हो । स्वीकृति पाएपछि दुवै संस्थाले कुल सम्पति तथा दायित्वको मूल्यांकन गराउनु पर्छ । यसका आधारमा तय हुने सेयर अनुपातमा दुवै बैंक मर्ज हुन्छन् । कम्पनीले अन्य प्रकृया सकेर अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिनु पर्छ । राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि मात्र बैंकहरु औपचारिक मर्ज हुन पाउँछन् । बैंकले ६ महिनाभित्र मर्ज सक्ने जनाएको छ ।
राष्ट्र बैंकले साइन डेभलपमेन्ट बैंक र रेसुङ विकास बैंकलाई पनि मर्जरका लागि सैद्धान्तिक स्वविकृति दिएको छ । रेसुङा गुल्मी कार्य क्षेत्र भएको क्षेत्रियस्तरको बैंक हो । रेसुङा पनि तीन जिल्ले कार्यक्षेत्र भएको विकास बैंक हो । दुवै विकास बैंकले पनि ६ महिनाभित्र मर्जर प्रकृया सक्ने जनाएका छन् ।

Tata
GBIME