मेगा बैंकको शाखारहित सेवा २८ ठाउँमा पुग्यो, चैतभित्र ४५ ठाउँमा सेवा पुर्याउने लक्ष्य



बिजमाण्डू
२०६९ चैत्र ७ गते ००:०० | Mar 20, 2013
मेगा बैंकको शाखारहित सेवा २८ ठाउँमा पुग्यो, चैतभित्र ४५ ठाउँमा सेवा पुर्याउने लक्ष्य
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कैलालीको फुलबारी र मोरङको टंकीसिनबारीमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । थपिएको दुई सहित बैंकको शाखारहित बैंकिङ सेवा २८ स्थानमा पुगेको छ । उद्घाटन कार्यक्रममा मेगा बैंककी नायब महाप्रबन्धक अनुपमा खुन्जेलीले मेगा बैंकको माइक्रो बैंकिङ कार्यक्रमबाट १० हजार महिला लाभान्वित भएको बताइन् ।
बैंकका माइक्रो बैंकिङ प्रमुख युवराज गुरागाईंले आर्थिक समावेशिताको माध्यमबाट गाउँ गाउँका जनतालाई सशक्तिकरण गर्ने लक्ष्य अनुरुप शाखारहित सेवा विस्तार गरेको बताए । बैंकले आगामी चैत मसान्तसम्म देशका ४५ वटा स्थानमा यो सेवा विस्तार गर्ने लक्ष्य राखेको छ ।
 

Tata
GBIME
Zonsen