हिमाल पावरबाट समयमा लाभांस नपाएपछि वुटवल पावरको नाफा ६० प्रतिशत घट्यो, अर्को त्रैमासमा बढ्ने

बिजमाण्डू
२०६९ फागुन ३ गते ००:०० | Feb 14, 2013
काठमाडौं । हिमाल पावरबाट दोस्रो त्रैमासमा लाभांस प्राप्त नभएपछि बुटवल पावर कम्पनीको व्यालेन्ससिटमा नाफा ६० प्रतिशतले घटेका छ । कम्पनीले दोस्रो त्रैमासको अन्तिम सम्म १० करोड ८० लाख रुपैयाँ नाफा गरेको छ । कम्पनीले त्रैमास सकिएपछि हिमालपावरबाट २३ करोड रूपैयाँ लाभांस पाएको छ । यो लाभांसपछि कम्पनीको नाफा अर्को त्रैमासमा बढेर देखिनेछ । गत वर्ष कम्पनीले दोस्रो त्रैमास अघि नै कम्पनीबाट १४ करोड ८० लाख रूपैयाँ नगद लाभांस पाएको थियो ।
अघिल्लो वर्ष कम्पनीले २७ करोड १९ लाख नाफा गरेको थियो । गत आर्थिक वर्षमा कम्पनीले ५६ करोड ११ लाख नाफा गरेको थियो । यो नाफाबाट कम्पनीले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांस दिएको थियो । नेपाल स्टक एक्सचेन्जमा कम्पनीको एक करोड १ लाख ५२ हजार ६९४ किक्ता सुचिकृत छ । कम्पनीको पछिल्लो सेयर कारोबार १० रुपैयाँ घटेर प्रति कित्ता ७७० रुपैयाँमा भएको थियो । गत आर्थिक वर्ष कम्पनीको प्रति सेयर आम्दानी ५५ रुपैयाँ थियो । नाफामा आएको उच्च गिरावटका कारण कम्पनीको प्रति सेयर आम्दानीसेमत घटेको छ । कम्पनीको प्रति सेयर आम्दानी २६.७९ रुपैयाँबाट घटेर १०.६५ रुपैयाँमा झरेको छ ।
मूल्य आम्दानी अनुपात (पिइ) ७६ गुणा पुगेको छ । अघिल्लो पुसमा यो २० गुणा थियो । सम्पतिको प्रतिफल पनि ७.६९ प्रतितबाट घटेर २.५४ प्रतिशतमा झरेको छ । कम्पनीले विद्युत् विक्रीबाट १.७५ प्रतिशतले आम्दानी वढाए पनि लाभांस ढिला प्राप्त भएपछि नाफामा गिरावट आएको हो । कम्पनीले आँधिखोला जलविद्युत्को स्तर वृद्धिका कारण खर्च वढेर नाफामा गिरावट आएको जनाएको छ । कम्पनीले प्रति ३ कित्ता वराबर २ कित्ता हकप्रद सेयर निस्कास गर्ने तयारी गरेको छ ।
 

Tata
GBIME
Nepal Life