भारतीय बजारमा स्मार्टफोन विक्रीमा कम्पनीहरुवीच युद्ध, सामसुङ एस थ्री र नोट टुको भाउ घटायो

बिजमाण्डू
२०६९ फागुन २ गते ००:०० | Feb 13, 2013
भारतीय बजारमा स्मार्टफोन विक्रीमा कम्पनीहरुवीच युद्ध, सामसुङ एस थ्री र नोट टुको भाउ घटायो

नयाँदिल्ली । भारतीय बजारमा आक्रामक रुपमा प्रस्तुत भएको सामसुङले  आफिसियल मूल्यभन्दा निकै सस्तोमा कम्पनीका मूख्य  दुई उत्पादन ग्यालेक्सी एस थ्री र नोट टु बिक्री गर्न थालेको छ । आधिकारीक मूल्य २९ हजार चार सय भारु तोकिएको ग्यालेक्सी एस थ्री बजारमा २७ हजार चार सय ९९ मा पाईन थालेको छ । एस थ्रिको मूल्य रंग अनुसार फरक फरक पर्छ । २०१२ मे महिनामा बजारमा आएको ग्यालेक्सी थ्रीको सुरुवाती मूल्य ४० हजार भारु थियो । कम्पनीको हालसम्मकै सफल स्मार्टफोन मानिएको एस थ्रीका तीन करोड सेट बिक्री भई सकेका छन् ।
सामसुङको फ्याब्लेट ग्यालेक्सी नोटको दोश्रो संस्करण नोट टुको आधिकारीक मूल्य ३५ हजार ६ सय भारु छ । तर बजारमा यो सेट ३४ हजार ९ सय भारुमा नै किन्न सकिन्छ । बजारमा आउँदा यसको मूल्य ३९ हजार नौसय थियो । बढी बिक्री गर्नका लागि कम्पनीले यो सेटको मूल्य पटक पटक घटाई सकेको छ ।
स्मार्टफोन उत्पादकहरुको प्रमुखबजारका रुपमा विकसित हुँदै गएको भारतमा कम्पनीवीच आप्mना उत्पादन बढि बिक्री गर्ने होड चलेको छ । यसका लागि कम्पनीहरु विभिन्न उपाय गरिरहेका छन् । पछिल्लो समयमा भारतमा एप्पलको आईफोनको माग उच्च भएकाकारण सामसुङ, व्ल्याकबेरी, नोकियाजस्ता कम्पनीहरु विभिन्न सुविधा थपेर वा मूल्य घटाएर भए पनि स्मार्टफोन बिक्री गर्न लागि परेका छन् । एप्पलले हालैका महिनामा भारतमा आफ्नो उपस्थिती व्यापक रुपमा विस्तार गरेको छ । एप्पलले व्यापक विज्ञापनका साथै मार्केटिङ क्यापेन गर्दै आईफोनको प्रवद्र्धन गरिरहेको छ । कम्पनीले मासिक किस्तामा समेत आईफोनका सेटहरु बिक्री गरिरहेको छ ।

Tata
GBIME
Nepal Life