फागुन दोस्रो साता आईएमई सप्ताह, उपहारसहित प्रत्येक ग्राहकलाई एनसेलको सिम सित्तैमा

बिजमाण्डू
२०६९ फागुन १ गते ००:०० | Feb 12, 2013
फागुन दोस्रो साता आईएमई सप्ताह, उपहारसहित प्रत्येक ग्राहकलाई एनसेलको सिम सित्तैमा


काठमाडौं । इन्टरनेसनल मनी एक्सप्रेस(आईएमई)ले फागुन ८ देखि १४ सम्म आईएमई सेवाग्राही विशेष सप्ताह मनाउने भएको छ । सेवाग्राहीको सम्मानमा सप्ताह सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ । यो अवधिभर देशका विभिन्न आईएमई सेन्टरहरु, आईएमईका निजी क्षेत्रका एजेन्ट÷सबएजेन्ट, व्यवसायिक साझेदारी गरिरहेका विभिन्न बैंक, वित्तीय संस्थाका शाखाहरु तथा आईएमईका आफ्नै कार्यालयहरुमा आईएमई गर्ने सबै सेवाग्राहीले विशेष सम्मान पाउने कम्पनीले जनाएको छ ।

उनीहरुलाई विभिन्न उपहारका साथ खुसी बाँडिने कम्पनीले जनाएको छ । त्यो अवसरमा प्रत्येक आईएमई गर्ने सेवाग्राहीले ९९ रुपैयाँ ब्यालेन्ससहितको एनसेल सिमकार्ड पाउने कम्पनीले जनाएको छ । यो योजना आईएमई सेन्टरहरु, आईएमईका निजी क्षेत्रका एजेन्ट÷सबएजेन्टमा मात्रै लागु हुने कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life