
काठमाडौं । कम्बोडियाबाट काठमाडौं सरुवा भएर आएको तीन वर्षपछि एनसेलका प्रमुख कार्यकारी अधिकृत पासी कोइस्टिनेन जर्जिया सरुवा भएका छन् । कुल आम्दानीका आधारमा एनसेललाई नेपालको सबैभन्दा ठूलो कम्पनी बनाएका पासीलाई टेलियासोनेराको टर्कीस्थित युरोएशिया कार्यालयले जर्जिया सरुवा गरेको हो ।
युरोएशिया कार्यालयले एनसेलमा जिओसेलका प्रमुख ओसमान तुरानलाई जिम्मा दिएको छ । पासी नेपालमा रहँदा मेरो मोवाइललाई एनसेलमा रिब्राण्डिङ गरेका थिए, उनैले सगरमाथामा थ्रिजी सेवा सुरु गरे भने एनसेललाई दुई नम्वरको टेलिकमबाट एक नम्वर मात्र बनाएनन्, देशकै सबैभन्दा बढी कारोवार गर्ने कम्पनी पनि बनाए ।
एनसेलले अहिले दैनिक १० करोड रुपैयाँ बराबरको कारोवार गर्छ, यो हिसावमा एनसेलले चालु आर्थिक वर्षमा ३६ अर्ब रुपैयाँ कमाउने अवस्था छ । टेलियासोनेराले जर्जियामा जियोसेलको नाममा मोवाइल टेलिफोन सञ्चालन गर्दै आएको छ । असोज १५ अघि नै पासी जर्जिया पुग्नेछन् भने तुरान काठमाडौं आउनेछन् । टेलियासानेराले युरोप र एसियाका मोवाइल कम्पनीहरुमा लगानी गर्दै नयाँ प्रविधि प्रयोगबाट ग्राहकलाई सेवा दिँदै आएका छन् । पसीले टेलिकम क्षेत्रमा १४ वर्ष विताएका छन् ।
एनसेल कसरी बन्यो देशकै नम्वर १ कम्पनी
http://www.bizmandu.com/content/-103.html#.UAT3cJFeP1Q
स्वेच्छिक अवकास लिंदा गार्ड, ड्राइभर र कुचिकारले पाए ४० लाख
http://www.bizmandu.com/content/-88.html