कन्सेसन एग्रिमेन्ट नआएपछि सुरुङमार्गको उद्घाटन सर्यो, शुक्रवार पूजापाठ भने भयो

बिजमाण्डू
२०६९ माघ २६ गते ००:०० | Feb 8, 2013
कन्सेसन एग्रिमेन्ट नआएपछि सुरुङमार्गको उद्घाटन सर्यो, शुक्रवार पूजापाठ भने भयो

काठमाडौ । बहुप्रतीक्षित काठमाडौ–हेटौडा सुरुङमार्गको शुक्रबार पूजापाठ गरिएको छ । यस अघि शुक्रबार सुरुङमार्गको उदघाटन गर्ने कार्यक्रम तय भएपनि भौतिक योजना तथा निर्माण मन्त्रालयसँसग कन्सेसन एग्रिमेन्ट हुन नसकेपछि पूजापाठ मात्रै गरिएको हो । नेपाल पुर्वाधार विकास कम्पनीद्धारा निर्माण गर्न लागिएको सुरुङमार्ग निर्माण पुरा भएपछि काठमाडौदेखि हेटौडा एक घण्टामा पुग्न सकिन्छ । अहिले काठमाडौ देखि हेटौडा त्रिभुवन राजमार्गबाट १ सय ३३ किलोमिटर र पृथ्वी राजमार्गबाट २ सय २६ किलोमीटरको दुरीमा छ ।

सुरुङमार्गको नमूना

Tata
GBIME
Nepal Life

पुरै परियोजना निर्माण गर्न २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजनाको सुरुङमात्र निर्माण गर्नको लागि १२ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सुरुङ निमार्णका लागि आवश्यक पर्ने आर्थिक स्रोतमध्ये केहि स्थानीयबाट सेयरका रुपमा संकलन गर्ने र बाँकि कम्पनीले नै लगानी गर्ने छ । परियोजनाको चार वर्ष भित्र पुरा गर्ने लक्ष्य राखिएको छ ।