सुजुकीको स्विस नेपाली बजारमा, केटिएमको सर्भिस सेन्टर गैरीधारमामा

बिजमाण्डू
२०६९ साउन २ गते ००:०० | Jul 17, 2012
सुजुकीको स्विस नेपाली बजारमा, केटिएमको सर्भिस सेन्टर गैरीधारमामा


काठमाडौ । द गणेश इन्टरप्राइजेज कम्पनीले सुजुकी स्विस १ सय २५ सीसीको स्कुटरको बिक्री सुरु गरेको छ ।  इन्टरप्राइजेज सुजुकीको नेपालको आधिकारिक बिक्रेता हो । यो स्कुटर गियररहित छ । यसमा हेड बत्तीमा क्लियर लेन्स, भर्टिकल सूचक, कालो रंगीन ऐना लगायतका सुविधा छ  । स्कुटरमा आरामदायी सिट भएकोले लामो दूरीमा यात्रा गर्न सजिलो हुने कम्पनीले जनाएको छ । कम्पनीले नेपाली उपभोक्तालाई लक्षित गरेर स्विस ल्याइएको जनाएको छ । यो स्कुटर सेतो, कालो, रातो र निलो रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीले स्कुटरको मूल्य १ लाख ५४ हजार ८ सय ८८ रुपैयाँ तोकेको छ ।
उता स्पोर्टर्स बाईक केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले काठमाडौको गैरीधारमामा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले सोमबार सर्भिस सेन्टरको उद्घाटन गरे । सर्भिस सेन्टर निर्माण केटिएम अस्ट्रियाको निर्देशन अनुसार गरिएको कम्पनीले जनाएको छ । सर्भिस सेन्टरले केटिएम मोटरसाइकलमा निशुल्क धुने र जाँच गर्ने सुविधा दिएको कम्पनीले जनाएको छ । कम्पनीले यसै सेन्टरबाट कावासाकी निन्जा मोटरसाइकलको विशेष सेवा दिने जनाएको छ ।

Tata
GBIME