एनएमबीको नाफा वृद्धिसँगै प्रति सेयर आम्दानी साढे १५ रुपैयाँ पुग्यो, नाफा १६ करोड ५५ लाख

बिजमाण्डू
२०६९ माघ २४ गते ००:०० | Feb 6, 2013
एनएमबीको नाफा वृद्धिसँगै प्रति सेयर आम्दानी साढे १५ रुपैयाँ पुग्यो, नाफा १६ करोड ५५ लाख
काठमाडौं । एनएमबी बैंकले नाफा दोब्बरले बढाएको छ । बैंकले २०२ प्रतिशतले नाफा बढाउँदै १६ करोड ५५ लाख रुपैयाँ पुर्याएको हो ।
बैंकले डुवेको मध्ये २ करोड ऋण उठाएको र ब्याज आम्दानी वढाएका कारण नाफामा वृद्धि गरेको हो । बैंकले ३५ करोड २८ लाख खुद ब्याज आम्दानी गरेको छ ।
पुसमा बंकले ४.१ प्रतिशतको स्प्रेडमा काम गरेको छ । अघिल्लो पुसमा बैंकको स्प्रेड ३.३४ प्रतिशत थियो । बैैकले पुस मसान्तसमम कुल १७ अर्ब निक्षेप संकलन गरेको छ । यो २१ प्रतिशतको वृद्धि हो ।
कर्जा लगान ि१४ अर्ब ७७ करोड गरेको छ । यो २३ प्रतिशतको वृद्धि हो । बैंकको प्रति सेयर आम्दानी १५.५६ रुपैयाँ पुगेको छ । पिइ रेसिया १६.२५ गुणा छ । प्रति सेयर नेटवर्थ १२१.४६ रुपैयाँ छ ।

Tata
GBIME
Nepal Life