माछापुच्छ्रेको व्यालेन्सिट सुध्रियो, नाफा ३ करोड २९ लाख, विदेशी साझेदार ल्याउने तयारी

बिजमाण्डू
२०६९ माघ २४ गते ००:०० | Feb 6, 2013
काठमाडौं । एभ्को इन्टरनेसनलमा १ अर्ब ३४ करोड रुपैयाँ ऋण फसेपछि वित्तीय समस्यामा परेको माछापुच्छ्रे  बैंकले पुसमा नाफा बढाएको छ । अघिल्लो वर्ष ५७ लाख ९३ हजार रुपैयाँ नाफा गरेको बैंकले यसपाली वासलात सुधार गर्दै नाफा ३ करोड २९ लाख देखाएको छ । एक अर्ब पुँजी भएको स्टेन्डर्ड फाइनान्ससँग मर्ज भएको बैंकले नोक्सानी व्यवस्था वापत यसपाली १७ करोड ६९ लाख रुपैयाँ छुट्याएको छ । जुन अघिल्लो पुसको भन्दा २ गुणाले वढी हो । बैंकले अघिल्लो वर्ष नोक्सानी ब्यवस्था गरेकोमध्ये ३२ लाख रुपैयाँ ऋण उठाएको छ ।
एकदमै न्युन स्प्रेड दरमा काम गरेपनि बैंकले लगानी विस्तार वढाएका कारण खुद ब्याज आम्दानी १४७ प्रतिशतले वृद्धि गरेको छ । यसपाली खुद ब्याज आम्दानी ३७ करोड ७३ लाख रुपैयाँ भएको छ । बैंकले २.४१ प्रतिशतको स्प्रेडमा काम गरेर आम्दानी आर्जन गरेको हो । बैंकले निक्षेप संकलन ३०  प्रतिशतले वढाउँदै २२ अर्ब ५५ करोड पुर्याएको छ । कर्जा लगानी ३५ प्रतिशतले वढाउँदै १८ अर्ब ६१ करोड पुर्याएको छ । स्टेन्डर्ड फाइनान्ससँगै गैरआवासीय नेपालीहरु बैंकमा प्रवेस गरेकाले सर्वसाधारणको विश्वास बैंकप्रति वढेको छ । बैकले विदेशी साझेदार ल्याउने तयारीसमेत गरिरहेको छ ।

Tata
GBIME
Nepal Life