अरुणभ्यालीको नाफा साढे २ करोड पुग्यो, नयाँ आयोजनाका लागि हकप्रद जारी गर्दै

बिजमाण्डू
२०६९ माघ २३ गते ००:०० | Feb 5, 2013
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पुस मसान्तसम्म २.९९ प्रतिशतले नाफा बढाएको छ । कम्पनीले खुद नाफा २ करोड ४९ लाख रुपैयाँ कमाएको हो । अघिल्लो पुसमा २ करोड ४२ लाख नाफा गरेको थियो । कम्पनीको विद्युत् विक्रीबाट हुने आम्दानी भने घटेको छ । अन्य आम्दानी वढेका कारण नाफामा वृद्धि भएको हो । विद्युत विक्रीबाट हुने आम्दानी ५.४७ प्रतिशतले घटेको छ । यसपाली विक्रीबाट जम्मा ४ करोड ८ लाख ९० हजार कमाएको छ । अन्य आम्दानी भने २३ हजार रुपैयाँबाट बढेर १५ लाख २९ हजार रुपैयाँ पु्गेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी ९.४० रुपैयाँ छ  । प्रति सेयर नेटवर्थ ११३.१२ रुपैयाँ पुगेकोक  छ । कम्पनीको सेयरको पिइ रेसिया ३४.३५ गुणा छ । प्रति सेयर कुल सम्पतिको मूल्य १४६.५८ रुपैयाँ छ । कम्पनीले चाँडै नयाँ जलविद्युत् आयोजना निर्माणको तयारी गरिरहेको छ । यसका लागि चाँडै हकप्रद सेयर निस्कासन गरिने कम्पनीले जनाएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १५.७५ प्रतिशत लाभांस दिएको थियो । यसमध्ये १५ प्रतिशत वोनस सेयर थियो । राम्रै नाफा गरेको कम्पनीले नयाँ आयोजना सुरु गर्न लागेको र हकप्रद जारी गर्ने सार्वजनिक गरेसँगै मंगलबार सेयर मूल्य ५.३७ प्रतिशतले वढेर ३ सय ५३ रुपैयाँ पुगेको छ । कम्पनीको ४० किक्ता सेयर किनबेच भएको छ ।
 

Tata
GBIME
Nepal Life