विजमाण्डूको ब्रेकिङ पुष्टि, पाण्डेले राजिनामा दिएको औपचारिक, ज्योती नयाँ सिइओ

बिजमाण्डू
२०६९ साउन १ गते ००:०० | Jul 16, 2012

काठमाडौं । अन्ततः विजमाण्डू डटकमको ब्रेकिङ न्युजलाई पुष्टि गर्दै पृथ्वीबहादुर पाण्डेल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएको समाचार आज नेपाल इन्भेष्टमेन्ट बैंकले एउटा प्रेस नोटबाट गरेको छ । प्रेस विज्ञप्तिमा भनिएको छ, हामी तपाईहरुलाई यो जानकारी दिन चाहन्छौं, साउन १ गतेदेखि पाण्डे प्रमुख कार्यकारी अधिकृतका रुपमा रहनुहुने छैन, तर पनि उहाँ बैंक सञ्चालक समितिको अध्यक्ष भने रहिरहनुहुनेछ । विजमाण्डूले शनिवारको बोर्ड बैठक अनुसार पाण्डेले प्रमुख कार्यकारीबाट राजिनामा दिएको समाचार आइतवार सार्वजनिक गरेको थियो ।
नेपालका मजबुत बैंकहरुमध्येको एक नेपाल इन्भेष्टमेन्ट बैंकमा पाण्डेले प्रमुख कार्यकारी अधिकृतका रुपमा वार्षिक तलव भत्ता एक करोड ७५ लाख ३० हजार रुपैयाँ थियो । नेपालमा नेपालीहरुले कर्मचारीका रुपमा सबैभन्दा बढी तलव भत्ता बुझ्नेमा पाण्डे सबैभन्दा अघि थिए । पाण्डेले इन्भेष्टमेन्ट बैंकमा १० वर्षभन्दा बढी समय विताएको र पाण्डेको भूमिकाले बैंकले आर्कषक वृद्धि गरेको, प्रेस विज्ञप्तिमा उल्लेख छ । बैंक सञ्चालक समितिले महाप्रवन्धक ज्योतीप्रकाश पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्त गरेको छ । बैंकमा १० वर्षदेखि काम गरिरहनुभएका पाण्डेले बैंकलाई अझ अघि बढाउने विश्वास बैंकले लिएको छ । बैंकका अहिले ४१ शाखा, ६८ एटिएम छन भने बैंकमा सबैभन्दा बढी निक्षेप छ ।  चार लाख ५६ हजार ग्राहक भएको इन्भेष्टमेन्ट बैंकमा ५४ अर्ब रुपैयाँ निक्षेप छ भने बैंकले ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

Tata
GBIME

यो पनि पढ्नुहोस्
इन्भेष्टमेन्ट बैंकको सिइओबाट पाण्डेको राजिनामा, नयाँ सिइओमा ज्योती
http://www.bizmandu.com/content/-200.html#.UAQYEJFeP1Q