वेभसरफरले क्यान इन्फोटेकमा इन्टरनेट प्याकेजमा विशेष छुट दिने घोषणा

बिजमाण्डू
२०६९ माघ २२ गते ००:०० | Feb 4, 2013

काठमाडौं । कम्प्युटर एशोसिएशन अफ नेपाल क्यानले आयोजना गर्ने क्यान इन्फोटेकमा वेभसरफरले इन्टरनेट प्याकेजमा विशेष छुट दिने घोषणा गरेको छ । कम्पनीले हाल घरको लागि भनेर तुलनात्मक रुपमा कम सेयरिङ रेसियोका अनलिमिटेड, भोल्युम बेस तथा आवरली बेस र रात्री प्याकेज उपलब्ध गराउदै आएको छ । कम्पनीको अनुसार भोल्युम बेस तथा आवरली बेस प्याकेज विशेष गरी कम इन्टरनेट चलाउने ग्राहकहरुको लागि हो भने रात्री प्याकेज विद्यार्थी तथा अफिसियल व्यक्तिहरुको लागि मध्यनजर गरेर बनाइएको हो ।
महिनाको ४९५ रुपैयाँ देखि नै इन्टरनेट प्याकेजहरु उपलब्ध गराउदै आइरहेको वेभसर्फरले इन्फोटेकको अवसरमा विशेष छुट दिने जनाएको हो । जसमा रात्री प्याकेज अथवा भोल्युमरआवरली बेस प्याकेज लिने ग्राहकहरुले १ वर्षको सब्सक्रीप्सन गर्दा जडान र्खच निशुल्क हुने बताइएको छ । यसैगरि अनलिमिटेड प्याकेज लिने ग्राहकहरुले ६ महिनाको सब्सक्रीप्सन गर्दा जडान र्खचमा सतप्रतिशत छुट दिइनुका साथै ८ जिबिको पेनड्राइभ दिइने कम्पनीले जनाएको छ। साथै ३ महिनाको सब्सक्रीप्सन गर्दा जडान खर्चमा ५० प्रतिशत छुट दिइने कम्पनीले उल्लेख गरेको छ । यो योजना इन्फोटेकको अवधिभर मात्र लागू हुने बताइएको छ ।
कठमाडौँ क्षेत्र भन्दा बाहिरी अन्य जिल्लामा रहेका ग्राहकहरुको हितलाइ ध्यानमा राख्दै कम्पनीले  क्यान अवधिभर उक्त इन्फोटेक अफर बाहिरी जिल्लाहरुमा पनि लागू हुने जनाएको छ । कम्पनीले दमक, काकडभित्ता, बिर्तामोड, भैरहवा, विराटनगर, इटहरी, धरान, जनकपुर, सर्लाही, वीरगंन्ज, चितवन, पोखरा, बुटवल, भैरहवा, धनगढीमा स्थानीय साझदेर मार्फत इन्टरनेट सुविधा उपलब्ध गराएकोे छ ।

Tata
GBIME
Nepal Life