चिनीभन्दा गुलियो स्टेभियाको नेपालमा पनि व्यवसायिक खेती, कम लागतमा बढी प्रतिफल

बिजमाण्डू
२०६९ माघ २२ गते ००:०० | Feb 4, 2013
चिनीभन्दा गुलियो स्टेभियाको नेपालमा पनि व्यवसायिक खेती, कम लागतमा बढी प्रतिफल

वसन्त खड्का/बिजमाण्डू
काठमाडौ । चिनीभन्दा धेरै गुणा बढी गुलीयो भएको स्टेभिया (चिनी) विरुवाको व्यवसायिक खेती नेपालमा पनि सुरु भएको छ । विश्वबजारमा अत्याधिक माग रहेकोले स्टेभियाको व्यवसायिक खेती सुरु गरिएको हो । रक्तचाप  र मधुमेहका विरामीलाई यो फाइदाजनक हुन्छ ।  पाम एग्रोटेक एण्ड बायो इनर्जी नेपालले स्टेभियाको व्यवसायीक खेती सुरु गरेको छ । स्टेभियाको व्यवसायिक खेती सुरु गरेपछि राम्रो आम्दानी हुने देखिपछि पहिलो पटक खेती सुरु गरेको कम्पनीका अध्यक्ष रुद्रप्रसाद गिरीले बताए । ‘स्टेभियाको व्यवसायिक खेतीले नेपालमा बढ्दो चिनीको मागलाई कम गर्न सहयोग गर्ने उदेश्य छ,’ उनले भने, ‘ रक्तचाप र मधुमेहका विरामीका लागी समेत लाभदायी हुने भएकोले व्यवसायीक खेती तर्फ जोड दिएका हौ ।’
उनले नेपालको तराई तथा पहाडमा समेत यसको खेति गर्न सकिने जानकारी दिए ।  ‘तराई देखि २५०० मिटरको उचाइमा समेत यसको खेति गर्न सकिन्छ ।  नेपालको हावापानी पनि स्टेभियाको लागि उपयुक्त छ भन्ने प्रमाण्ति भइसकेको छ,’ गिरीले भने । उनले चिनीको लागि आवश्यक पर्ने उखुखेतीको लागि धेरै क्षेत्रफल चाहिने भएपनि स्टेभियाको लागि धेरै जग्गा नचाहिने भएकोले खेती गर्न पनि सजिलो हुने दावी गरे । ‘चिनीको माग पुरा गर्नको लागि करिब ५८ हजार हेक्टर भन्दा बढी जमिनमा उखुको खेति गरिदै आएको छ । तर अझै पनि देसको कुल आवश्यकतालाई यसले धान्न सकिरहेको छैन,’ गिरीले भने, ‘ तर १००० देखि १५०० हेक्टर जमिनमा स्टेभियाको खेती गरे यसले नेपालका लागि चाहिने चिनीको सम्पुर्ण आवश्यकतालाई पुरा गर्छ ।’
अमेरिकाको पाराग्वे र ब्राजिलमा पहिलो पटक भेटिएको स्टेभियालाई डा. परशुराम पोख्रेलले पहिलो पटक नमुना विरुवाको रुपमा रुसबाट नेपालमा ल्याएका थिए ।

Tata
GBIME
Nepal Life