लण्डनमा खुल्यो पश्चिम युरोपको अग्लो भवन, तीन खर्बको भवन माथि पुग्न साढे तीन हजार (तस्वीर)

बिजमाण्डू
२०६९ माघ २० गते ००:०० | Feb 2, 2013
लण्डनमा खुल्यो पश्चिम युरोपको अग्लो भवन, तीन खर्बको भवन माथि पुग्न साढे तीन हजार (तस्वीर)


लण्डन । पश्चिम युरोपको सबैभन्दा अग्लो भवन सर्वसाधरणका लागि खुलेको छ, लण्डनको सार्डमा बनेको यो भवनको माथिल्लो तलाबाट ४० माइल टाडासम्मको दृष्य अवलोकन गर्न सकिन्छ ।

लण्डन ब्रिज नजिकै रहेको यो भवन १०१६ फिट अग्लो छ, यो पश्चिम युरोपको अहिलेसम्मकै अग्लो भवन हो ।

Tata
GBIME
Nepal Life


दुई अर्ब पाउण्ड (दुई खर्ब ७० अर्ब रुपैयाँ) खर्च भएको यो भवनको माथिबाट तल हेर्दा जति डर पैदा हुन्छ त्यस्तै डर टिकटको मूल्यले पनि पैदा गर्छ ।


शुक्रवारबाट सर्वसाधरणका लागि खुला गरिएको यो भवनको माथिल्लो तलामा पुग्नका लागि वयस्कका लागि २५ पाउन्ड(३३७५ रुपैयाँ) र बच्चाका लागि १९ पाउन्ड (२५६५) रुपैयाँ लाग्छ ।


१०१६ फिट अर्थात ३०९ मिटर अग्लो यो भवन शुक्रवार लण्डनका मेयर बोरिस जोन्सनले उद्घाटन गरे । उनले भने यो स्थान साँच्चै अद्भूत छ । सर्वसाधरणलाई आर्कषित गर्न ६८ औं, ६९ औं र ७२ औं तलालाई उच्च गतीको दुईवटा लिफ्टले जोडिएको छ, भुँईबाट यो तलासम्म ६० सेकेन्डमा यात्रा तय गर्न सकिन्छ । लिफ्टले प्रतिसेकेन्डमा छ मिटरको दुरी तय गर्दछ ।


आकास खुला हुँदा अवलोकनकर्ताले ३६० को डिग्रिमा पुरै लण्डनको नजरा गर्न सक्छन्, यो लण्डनका अन्य भवनबाट देखिनेभन्दा दुइ गुणा बढी हो । अवलोकन गर्ने स्थानमा विशेष डिजाइन गरेका टेलिस्कोपहरु जडान गरिएको छ, जहाँबाट लण्डनका साना साना सडकसम्म आँखाका अगाडि हुनेछन् ।


उद्घाटन गर्दाका दिन लण्डनको मौसम खराब भएपछि पत्रकार, आगन्तुक र सर्वसाधरणलाई टेलिस्कोपको दर्शनमा रोक लगाइएको थियो । बाहिर दृष्यावलोकन गर्न मिल्ने ७२ औंं तला ८०० फिट(२४४ मिटर)को उचाईमा छ, ६९ औं तला ७७६ फिट(२३६.५ फिट)को उचाईमा छ ।


यो भवन लण्डनको एउटा मात्र त्यस्तो भवन हो, जहाँबाट पुरै लण्डन एक पटकमा देख्न सकिन्छ, यहाँबाट टावर अफ लण्डन, सेन्ट पउलको बिग बेन, बकिंघम प्यालेस, वेम्बली स्टेडियम रद ओभलसम्म देख्न सकिनछ । यो साताका लागि एक लाख ३५ हजार सर्वसाधरणले भवनमा प्रवेशका लागि टिकट लिएका छन्, कम्पनीका प्रमुक कार्यकारी एन्डी नैवर्गले यो वर्ष भित्र दश लाखले यहाँबाट लण्डन अवलोकन गर्ने बताए । सार्डका टिकटहरु क्वी फ्रि हुन्, यी टिकट एडभान्समा बुक गरिएको छ, अवलोकनकर्ताले मागेको दिन र समयको टिकट काटिएको पनि प्रमुख कार्यकारी नैवर्गले बताए ।


पहिलो दिनको पहिलो सर्वसाधरण अवलोकनकर्तामा जेम्स इपिस्कोप र लाउरा टेलरको जोडी रह्यो, उनीहरुले त्यसको फाइदा उठाउँदै ७२ औं तलमा इन्गेजमेन्ट गर्ने पहिलो जोडी पनि बने । साथीको माध्यमबाट पाँच वर्ष अघि भेट भएको यो जोडीलाई मेयर बोरिसले पनि शुभकामना दिए ।


सार्ड निर्माणका लागि ११ हजार सिसाका टुक्रा प्रयोग गरिएको छ, यी सबै सिसालाई खुला चौरमा विछ्याउँदा आठ वटा फुटलव ग्राउण्ड तयार हुन्छ ।
सार्डमा ४४ लिफ्ट छन्, त्यसमा डबल डेकर लिफ्ट पनि छन् । यो भवनको भुँई ३१ एकडमा फैलिएको छ । यसमा प्रयोग भएका ९५ प्रतिशत निर्माण सामाग्री पुर्नउत्पादन गरिएको हो ।


सार्डको पहिलो तला भने खुला स्थान हो, जहाँ बस्नका लागि छुट हुनेछ । दोस्रो तलवामा खुद्रा पसल राखिनेछ । चौथोदेखि २८ औं तलासम्म अफिस र वीन्टर गार्डेन हुनेछ । ३१ औंदेखि ३३ औं तलासम्म अन्तराष्ट्रिय रेष्टुरेन्ट हुनेछन् भने ३४ देखि ५२ तलासम्म साँग्रीला होटल एण्ड स्पा हुनेछ, जहाँ २०० कोठा हुनेछ ।


५३ देखि ६५ औं तलासम्म १० विलाशी आवासीय घर हुनेछ, जहाँबाट पनि लण्डनलाई ३६० डिग्रीमा हेर्न सकिनेछ । ६८ देखि ७२ तलासम्म दृष्यावलोकन गर्ने स्थान हुनेछ । द डेली मेलबाट