कुपर ब्राण्डका जेनेरेटर नेपालमा पनि विक्रि सुरु, कम इन्धनमा उच्च प्रतिफल

२०६९ माघ १६ गते ००:००
कुपर ब्राण्डका जेनेरेटर नेपालमा पनि विक्रि सुरु, कम इन्धनमा उच्च प्रतिफल


काठमाडौं । फोर्स कन्स्ट्रक्सन एण्ड एसोसिएटस्ले भारतमा निर्मित कुपर जेनेरेटर नेपाली बजारमा भि¥याएको छ । सिआरडिआई प्रविधिको कुपर जेनेरेटरले युरो चार मापदण्द पूरा गरेको कम्पनीको दावी छ । कुपर जेनेरेटर नेपाली बजारमा १५ केभिए देखि १८० केभिएसम्म उपलब्ध छन् । यी जेनेरेटरहरुमा १५ प्रतिशतसम्म इन्धन किफयत क्षमता हुने र मर्मत गर्दा अन्य जेनेरेटरहरुको तुलनामा ४२ प्रतिशत कम खर्च लाग्ने कम्पनीको दावी छ । कम्पनीले कुपर जेनेरेटर अन्य कम्पनीको तुलनामा ३० प्रतिशत कम तौल भएको बताएको छ ।
कम आवाज निकाल्ने, आकर्षक एवं कम्प्याक्ट डिजाइन भएकाले मर्मत खर्च कम भएको र कम्पनीले बताएको छ । अमेरिकन तथा युरोपियन उत्सर्जन मापदण्ड अनुरुप उपलब्ध  डिजेल जेनेरेटर नेपाली बजारमा सुलभ मूल्यमा उपलब्ध हुने पनि कमपनीले जानकारी दिएको छ । यी जेनेरेटहरु भारतीय ब्राण्डका भएकाले यस जेनेरेटरका सम्पूर्ण पार्टपूर्जाहरु बजारमा सजिलै उपलब्ध हुनुका साथै विक्रि वितरण पश्चात पनि यस जेनेरेटरको सम्पूर्ण मर्मतसम्भार कम्पनीले सजिलै उपलब्ध गराउने कम्पनीले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।


Sunrise Bank
Tata
GBIME