गोर्खा बैंक चलाउने जिम्मा कृषि प्रेमुरालाई, निक्षेप फिर्ता सुरु

बिजमाण्डू
२०६९ साउन १ गते ००:०० | Jul 16, 2012
गोर्खा बैंक चलाउने जिम्मा कृषि प्रेमुरालाई, निक्षेप फिर्ता सुरु


काठमाडौं । गोर्खा डेभलपमेन्ट बैंकले सर्वसाधारणबाट उठाएको बचत फिर्ता गर्न सुरु गरेको छ । बैंकले महिनाको एक पटकका दरले निस्चित रकम फिर्ता गर्न सुरु गरेको हो । राष्ट्र बैंकले २०६७ चैत ११ गते समस्याग्रस्त घोषणा गरेपछि गोरखाले ऋण उठाउँदै सर्वसाधारणको पैसा फिर्ता गर्दै आए पनि पछिल्लो ६ महिनादेखि त्यो पनि बन्द थियो ।
बैंक चलाउन सञ्चालकबीच विवाद हुन थालेपछि बैंकले पैसा फिर्ता गर्न छाडेको थियो । बैंकमा निर्मल गुरुङ, डिवी बम्जन र राकेश अडुकिया मूख्य सञ्चालक समुह रहेको छ । करिव १ महिनाअघि तीन वटै सञ्चालक समुहबीच बैंकलाई अगाडि वढाउन सहमति भएको थियो ।
सहमति अनुसार, राकेश अडुकिया समुहको कृषि प्रेमुरा होल्डिङ प्रालीले कार्ययोजना बनाएर बैंक चलाउने जिम्मा पाएको छ । बैंकले महिनाको एक पटकका दरले निक्षेप फिर्ता गर्ने छ । बैंकमा ५० हजार जम्मा गरेकाले ५ हजार रुपैयाँ पाउने छन् । २ लाखसम्म हुनेले १० हजार, ५ लाखसम्म हुनेले १५ हजार, १० लाखसम्म हुनेले २० हजार, २५ लाखसम्म हुनेले ३० हजार, ५० लाखसम्म हुनेले ५० हजार र त्यसभन्दा माथि हुनेले १ लाख रुपैयाँका दरले मासिक भुक्तानी पाउने छन् ।

Tata
GBIME
Nepal Life