एउटा ‘इथिक्स’ले कल्याणरमनको सम्पत्ती एक अर्व डलर बनायो, त्यही व्यापार चलाउन चाहियो प्राइभेट विम??

बिजमाण्डू
२०६९ माघ १५ गते ००:०० | Jan 28, 2013
एउटा ‘इथिक्स’ले कल्याणरमनको सम्पत्ती एक अर्व डलर बनायो, त्यही व्यापार चलाउन चाहियो प्राइभेट विम??

नयाँदिल्ली । भारत केरलाका गहना व्यापारी टिएस कल्याणरमनलाई उपभोक्ताले किन माया गर्छन ? किनभने भने उनले गहनाको व्यापारलाई पारदर्शी बनाएका छन् । गहना व्यापारलाई पारदर्शी बनाउँदा उनका प्रतिद्वन्द्वि उनीसँग झोक्किए, रिसाए तर त्यसले हानी उल्टै प्रतिद्वन्द्विलाई गर्यो, नाफा कल्याणरमनलाई भयो, यही व्यापारबाट वितेको दुई दशकमा उनी अर्ब डलरभन्दा बढीका मालिक भए ।

उनले ग्राहकलाई सुनको गहनाको गुणस्तर कसरी मापन गरिन्छ भनेर सिकाए, त्यसले उनको व्यापारमा दुई दशकमा दिन दुई गुणा र रात चार गुणाले वृद्धि भयो, यही बढेको व्यापार हेर्न उनका लागि प्राइभेट विमान आवश्यक पर्यो । कुनै बेला केरालामा दुई पाङ्ग्रे सवारीको यात्रा गर्ने कल्याणरमनसँग अहिले प्राइभेट जेट छ, जुन जेटबाट उनी केरलादेखि कलकत्ता र मुम्बईदेखि दिल्लीसम्मको यात्रा गर्छन्, अनि आफ्नो व्यापार हेर्छन् । कल्याणरमनले सन् १९९३ मा गहनाको व्यापार सुरु गरेका हुन्, उनले आफ्नो पसलमा आउने उपभोक्तालाई गहनाको गुणस्तरका विषयमा जानकारी दिन थाले, कालीगढको ठगीबाट जोगिन सुनको शुद्धता नाप्ने तरिका सिकाए सँगसँगै उनले गहनाको मूल्य सूची पनि टाँस्न थाले ।
यी सबैबाट रिसाएका प्रतिद्वन्द्विहरु कल्याणरमनलाई भन्ने गर्थे यसले  सुनको व्यापार ध्वस्त पार्ने भयो, व्यापार उनीहरुको ध्वस्त भयो, कल्याणरमनको भाग्यमात्रै होइन, व्यापार पनि चम्कियो । व्यापार सुरु गरेको दुई दशकपछि ६५ वर्षे कल्याणरमन अर्वपती भएका छन्, उनी अर्वपती हुनुमा वितेको १२ वर्षमा सुनको मूल्यमा भएको उतारचढाव र भारत विश्वको सबैभन्दा ठूला सुन बजार बन्नुको प्रभाव पनि रह्यो ।
कल्याणरमनका अहिले भारतभर ४४ वटा गहना पसल छन्, उनी आगामी दुई वर्ष भित्र थप ३६ वटा गहना पसल विस्तार गर्दै पनि छन्, यसमध्ये पाँच वटा गहना पसल खाडी राष्ट्रमा हुनेछन् । हाम्रो विश्वास थोरै मुनाफा, धेरै कारोवारमा छ, कल्याण ज्वेलर्सका अधयक्ष कल्याणरमनले भने, तपाईं आफ्नो व्यापारमा पारदर्शी हुनु, आफ्नो जीवनप्रति विश्वास आर्जन गर्नु पनि हो, उनले भने ।
प्राइभेट जेट अघि तस्वीर खिचाउँदै कल्याणरमन बीचमा

Tata
GBIME
Nepal Life

व्लुमवर्गको विलिनायर इन्डेक्सका अनुसार कल्याण ज्वेलर्सको बजार मूल्य अहिले एक अर्ब डलर बराबर छ, व्लुमवर्गले कल्याण ज्वेलर्सको जस्तै कारोवार गर्ने तीन पब्लिक कम्पनी टाइटन इण्डष्ट्रिज, गिताञ्जली जेम्स र राजेश एक्सपोर्टको कारोवार, व्याज अघिको आम्दानी, कर खर्च, आम्दानी अनुपातका आधारमा मूल्यांकन गरेको हो ।
कल्याण ज्वेलर्सले भारतको गत आर्थिक वर्षमा ९५ अर्ब भारुको कारोवार गरेको थियो, सबै खर्च कटाएर कम्पनीले दुई अर्ब ९५ भारु मुनाफा गरेको थियो । कम्पनीसँग सात अर्ब ६० करोड भारु बराबरको दायित्व छ भने कम्पनीसँग तीन अर्ब ५० करोड भारु बराबरको अन्य सम्पत्ती भएको कल्याण ज्वेलर्सका प्रमुख कार्यकारी अधिकृत सञ्जय रघुरामले बताए ।
अर्व डलर सम्पत्तीका वारेमा प्रश्न गर्दा कल्याणरमनले भने, म आफ्नो सम्पत्तीको मूल्यांकन गर्दिन्, म आफनो व्यापारमा अझ धेरै उत्सुक छु, ब्राण्ड निर्माणमा क्रियाशिल छु, सायद तपाई सही हुनुहुन्छ । उनी यसअघि कहिल्यै पनि अन्तराष्ट्रिय सम्पत्ती मापकमा कहिल्यै सहभागी भएका छैनन् ।
उनले हालसालै गहनाबाहेक घरजग्गासम्वन्धी कारोवार गर्ने एउटा कम्पनी स्थापना गरेका छन् । यही कम्पनीले केरलाको त्रिसुरमा ३० अर्ब भारु खर्च गरेर अपार्टमेन्ट तथा भिल्ला बनाइरहेको छ ।
कम्पनी विस्तार हुँदै गएपछि उनले पनि बलिउडको साहरा लिन थालेका छन्, हालै उनले बलिउड नायिका एश्वर्या रायलाई कम्पनीको ब्राण्ड एम्बास्डर बनाएका छन् । एश्वर्या महिलाका लागि एउटा आइकन हुन्, कल्याणरमनले भने, हामीले चाहेका थियौं, कसैले हाम्रो गहना लगाओस्, विश्वकै सबैभन्दा सुन्दर नारी एश्वर्यले त्यो प्रस्ताव स्वीकार गरिन् । केरलामा व्याक्तिगत जेट हुने कल्याणरमन पहिलो व्यापारी हुन्, उनीसँग सात सिटे इम्ब्रेरर फेनम १०० विमान छ, जुन एक वर्ष अघि ३० करोड भारु खर्च गरेर किनेका हुन् । उनले यो विमान आफ्नो सञ्जालमा रहेका पसलको रेखदेख गर्न उपयोग गरेका छन् ।
विमान मेरो समय बचत गर्न मात्रै हो, यो विलासितासँग जोडिएको छैन, उनले भने, हाम्रा पसलहरु देशका साना साना सहरसम्म विस्तार भएको छ, जहाँ एयरपोर्ट त छ तर विश्वासिलो हवाई सञ्जाल छैन । विमान किन्ने विषयलाई पुष्टि गर्दै उनले भने एक वा दुई घण्टाको कामका लागि म किन दुई दिन खर्च गरुँ ?
वल्र्ड गोल्ड काउन्सिलका अनुसार सन् २०११ मा भारत विश्वको सबैभन्दा धेरै सुन खपत गर्ने मुलुक बनेको छ, विश्वमा नौ प्रतिशतले सुन कारोवार घटे पनि भारतमा बढेर ११ प्रतिशत पुगेको छ । दक्षिण एशियाको सुन बजार १६ देखि १८ अर्ब डलरवीच रहेको फस्टकल इण्डिया इक्वीटी एडभाइजरको छ । दिल्लीमा आधारित एएम माइन्डपावर सोलुसनले आगामी तीनदेखि चार वर्ष भित्र दक्षिण एशियामा ४१ अर्व डलरको सुन खपत हुने बताएको छ ।
भारतमा विश्वको ३० प्रतिशत सुन खपत हुन्छ, आधाभन्दा बढी गहना विवाहका सिजनमा खरिद हुन्छ । भारतको कुल बजारमध्ये दक्षिण भारतमा मात्रै ४५ प्रतिशत सुन खपत हुन्छ, जहाँबाट कल्याणरमनले आफ्नो व्यापार सुरु गरेका थिए । इकोनोमिम टाइम्स डटकमबाट