माघमा निक्षेप २ अर्ब घट्यो, ऋण ७ अर्ब वृद्धि, सिडि रेसियो साघुँरिएपछि थप लगानीमा समस्या

बिजमाण्डू
२०६९ माघ १५ गते ००:०० | Jan 28, 2013
काठमाडौं । माघ लागेपछि वाणिज्य बैंकहरुको निक्षेप २ अर्ब रुपैयाँले घटेको छ । कर्जा विस्तार भने ७ अर्बले वढेको छ ।
राष्ट्र बैंकका अनुसार, पुस मसान्तसम्म बैंकहरुसँग कुल निक्षेप ९०२ अर्ब रुपैयाँ थियो । अहिले निक्षेप ९ सय अर्बमा झरेको छ । कुल कर्जा लगानी ६ सय ८३ अर्बबाट वढेर ६ सय ९० अर्ब पुगेको छ ।
डलरको मूल्य घट्न थालेकाले निक्षेपको मूल्यांकन घटेको हुन सक्ने बैंकरहरु बताउँछन् । लगानी विस्तारका अनुपातमा निक्षेप घटेकाले तरलता संकुचनको संकेत गरेको छ । निक्षेप घट्ने र कर्जा वढ्ने गरेकाले बैंकहरुको कर्जा–निक्षेप अनुपातसमेत साघँुरिएको छ । अहिले अधिकांस वाणिज्य बैंकको यस्तो अनुपात ७७÷७८ प्रतिशतको हाराहारीमा छ । अनुपात साघुँरिएसँगै बैंकहरुको लगानी क्षमता  घट्छ ।
दोस्रो त्रैमास (पुस मसान्त) अघि लगानी विस्तारमा केही कमी गरेका बैंकहरुले त्रैमास अन्तसँगै लगानी विस्तार गरेका हुन् ।
बैंकहरुले अहिले घर, गाडी,आयात व्यापारमा लगानी गरेका छन् ।
 

Tata
GBIME
Nepal Life