काठमाडौं । एच एन्ड बी डेभलपमेन्ट बैंकले आफ्नो सफ्टवेयर परिवर्तन गर्ने भएको छ । बैंकले पुमरी प्लस–४ सफ्टवेयर जडान गर्ने भएको हो । नयाँ सफ्टवेयर जडानसँगै ग्राहकको खाता नंम्बर र शीर्षकसमेत परिवर्तन हुने छ । ग्राहकले आफ्नो खाता बारे जानकारी लिन बैंकसम्मै पुग्नु पर्ने हुन्छ । नत्र जारी गरेको चेक चल्दैन । हिमचुली विकास बैंक र वीरगञ्ज फाइनान्स मर्ज भएर एच एन्ड बी डेभलपमेन्ट बैंक बनेको हो । बैंकले थप मर्जरका लागि अन्य बैंक तथा वित्तीय संस्थासँग पनि अनौपचारिक कुराकानी गरिरहेको छ ।
