तोकेको समयावधि भित्र प्रशारणमा नआएपछि सरकारले रद्द गर्यो आठ टेलिभिजनको अनुमति

बिजमाण्डू
२०६९ माघ १४ गते ००:०० | Jan 27, 2013
तोकेको समयावधि भित्र प्रशारणमा नआएपछि सरकारले रद्द गर्यो आठ टेलिभिजनको अनुमति

काठमाडौं । सरकारले तोकेको अवधिमा टेलिभिजन प्रशारण नगरेपछि आठ कम्पनीको अनुमति रद्द गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयको श्रव्य दृश्य तथा प्रशारण शाखाले आठ टेलिभिजनको प्रशारण रद्द गर्ने निर्णय गरेको हो । मन्त्रालयले ग्लोबल नेपाल नेटवर्क, सनराईज टेलिभिजन, भूमी टेलिभिजन नेटवर्क, भ्वाइस अफ युथ टेलिभिजन, म्युजिक टेलिभिजन नेपाल, एरिना टेलिभिजन प्रा.ली., मकालु मिडिया प्रा.ली र मधेशका लागि सञ्चार टेलिभिजको प्रशारण रद्द गरेको हो । यी टेलिभिजन कम्पनीले सञ्चालनका लागि २०६६ देखि २०६८ भित्र सञ्चार मन्त्रालयबाट अनुमति लिएका थिए ।  सरकारले यी बाहेक ३१ टेलिभिजन कम्पनीलाई भूसतही, भूउपग्रहबाट सञ्चालनको अनुमति दिएको छ । केही समय सञ्चालनमा आएर बन्द भएको नेशनल टेलिभिजनको नेटवर्कको अनुमति भने सरकारले अहिलेसम्म खारेज गरेको छैन ।

Tata
GBIME
Nepal Life