आखिर मुकेश अम्बानीको ५५ खर्ब रुपैयाँको रिलायन्स इण्डष्ट्रिज कम्पनी कसले चलाउँछ ?

बिजमाण्डू
२०६९ माघ १२ गते ००:०० | Jan 25, 2013
आखिर मुकेश अम्बानीको ५५ खर्ब रुपैयाँको रिलायन्स इण्डष्ट्रिज कम्पनी कसले चलाउँछ ?

मुम्बई । धीरुभाई अम्बानीले स्थापना गरेको रिलायन्स कम्पनी अहिले दुई समूहमा विभिाजित छ । ठूलो र लामो पारिवारिक विवादपछि अम्बानीका जेठा छोरा मुकेश र कान्छा छोरा अनिलले सम्पत्ती बाँडफाँड गरिसकका छन् । अंश बण्डामा मुकेशको भागमा परेका कम्पनीलाई रिलायन्स इण्डस्ट्रीज लिमिटेड (आरआईएल)को छातामा सञ्चालन गरिएको छ भने अनिलले आफ्नो भागमा परेका कम्पनीलाई अनिल धिरुभाई अम्बानी समूहको छाताबाट चलाईरहेका छन् ।
दुवै दाजुभाईको भारतीय औद्योगिक क्षेत्रमा उच्च प्रतिष्ठा छ, तर सम्पत्तीको मामिलामा अनिलभन्दा मुकेस कयौं गुणा अघि छन् । मुकशको कम्पनी रिलायन्स इण्डष्ट्रिज ३३ खर्ब भारु साढे ५५ खर्ब नेपाली रुपैयाँको परियोजना हो । आरआईएल भारतको निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनी हो भने विश्व विख्यात फर्चुन म्याग्जीनले जारी गरेको २०१२ का ठूलो कम्पनीको सूचीमा ९९ औं स्थानको कम्पनी हो । भारतकै ठूलो कम्पनी आरआईएल आखिर सञ्चालन हुन्छ कसरी ? कसले लिन्छ यसलाई हाँक्ने निर्णय, मुकेशका को–को छन् सहयोगी ?

Tata
GBIME
Nepal Life

कम्पनीको मुख्य नेतृत्व
कम्पनीको मुख्य नेतृत्वमा तीन जना छन् । कम्पनीलाई कता लैजाने, कस्तो क्षेत्रमा लगानी गर्ने यी सबै महत्वपूर्ण निर्णय यिनै तीन जनाको ट्रोईकाबाट हुने गर्छ । ट्रोइकाका तीनमध्ये मुकेश, मुकेशकी पत्नी दुई जना हुन्, तेस्रो व्याक्ति हुन मनोज मोदी । यी तीन जना आरआईएलका हरेक कम्पनीमा जोडिएका छन् ।

मुकेश अम्बानी
मुकेश आरआईएलका अध्यक्ष हुन, उनी चितुवाको क्रियाकलाप हेरेर घण्टौं विताउन सक्छन् । विश्वकै छिटो दौडने यस जीउको हाउभाउबाट उनले धेरै सिकेका पनि छन् । चितुवाले आफ्नो शिकार दौडेपछि प्राप्त गरेरै छाड्छ त्यसरी नै मुकेश आफूले लिएका व्यवसायिक निर्णय सफल पारेरै छाडछन् । धेरैले उनीमा आफ्ना बावुको व्यवसायीक गुण भएको विश्वास गर्छन । भारतमा उन्लाई पूर्ण उद्यमी समेत भन्ने गरिन्छ ।


नीता अम्बानी
ट्रोईकाकी एक मात्र महिला नीता मुकेशकी पत्नी हुन् । भाभी उपनामले चिनिने नीताको कम्पनीमा वृहत भूमिका छ । केहि वर्ष अघि अनिल र मुकेशको सम्पत्ती विवादमा नीताले नै सबै कम्पनी सम्हालेकि थिइन् । आरआईएलले २०१० मा इष्ट इण्डिया होटल्समा १४.८ प्रतिसत शेयर खरिद गर्ने निर्णय गर्यो, यो नीताकै निर्णय थियो ।
नीता आरआईएलको संचालक सदस्य हुन भने उनी समूहको रिटेल व्यवसायमा पनि संलग्न छिन् । ग्ल्यामरको दुनियाँसँग नजिकिन चाहने नीता इण्डीयन क्रिकेट लिग खेल्ने मुम्बई इण्डियन्सकी मालिकनी पनि हुन् । मूम्बई इण्डियन्स उनीहरुकै टिम हो ।


मनोज मोदी
मनोज मोदीको भिजीटिङ कार्डले उनी आरआईएलको कुन पदमा छन् भन्ने कुरा खुलाउँदैन । न त उनी कुनै व्यवसायीक एकाईको प्रमुख नै हुन् । तर पनि मोदी आरआईएलको अभिन्न अंगका रुपमा छन् । आरआईएलका हरेक व्यवसायिक निर्णयमा उनको महत्वपूर्ण भूमिका रहने गर्छ ।
एमएम भनेर चिनिने ५५ वर्षीय मोदी मुकेशका क्लासमेट हुन् । उनी ठुला प्रोजेक्ट तयार गर्न माहिर छन् । आरआईएलको हाजिरा पेट्रोकेमिकल कम्प्लेक्स, जामनगर रिफाइनरी, टेलिकम व्यवसाय, रिलायन्स रिटेल मोदीकै परिकल्पना हुन् । पछिल्लो समयम उनी रिलायन्सको फोर जि रोल आउट प्रोजेक्टमा व्यस्त छन् ।

आरआईएलका कार्यकर्ता
खर्बौं डलरको कम्पनी यी ट्रोईकाहरुले मात्रै चलाएका छैनन् । यी बाहेक आरआईएल संचालनमा महत्वपूर्ण भूमिका हुनेहरु अरु धेरै छन् । आरआईएलको मूख्य काम संचालन गर्ने विश्वास पात्रको सूचीमा को को छन् ?


निखिल मेस्वानी
मुकेशको आफन्त पर्ने मेस्वानी आरआईएलका सञ्चालक समेत हुन् । १९८६ मा कम्पनीमा प्रवेश गरेका मेस्वानीले पेट्रोकेमिकल व्यवसाय हेर्दै आएका छन् । उनीसँग आरआईएलको दुई लाख ७९ हजार कित्ता सेयर छ । उनले २०१०÷११ को आर्थिक वर्षमा ११ करोड भारु तलब बुझेका थिए । आरआईएलमा उनीभन्दा धेरै तलब अध्यक्ष मुकेशले मात्रै बुझछन् ।

हितल मेस्वानी
आरआईएलका कार्यकारी निर्देशक हितल १९९० मा कम्पनी प्रवेश गरेका हुन् । उनी निखिलका भाई हुन् । समूहको दुई लाख १२ हजार कित्ता सेयरका धनी हितलले हाजिरा पेट्रोकेमिकल्स, जामनगर रिफाइनरी लगायत थुप्रै मेगाप्रोजेक्टहरु हेर्ने गर्छन ।


पिएमएस प्रसाद
आरआईएलमा अम्वानीको नातेदारभन्दा वाहिरका मानिसमध्ये पिएमएस सबैभन्दा प्रभावशालि व्यक्ति हुन् । ७० को दशकमा कम्पनीमा प्रवेश गरेका उनी कम्पनीको रिफाईनरी र अन्वेषण व्यवसायमा माहिर मानिन्छन् ।  


आलोक अग्रबाल
आरआईएलमा वित्तको प्रमुखका रुपमा कार्यरत आलेक अग्रबालले १५ अर्ब डलर बराबरको नगद यवस्थापन गर्नुपर्छ । आईआईएमका ग्राजुयट अग्रबालसँग बैंक व्यवस्थापनको पनि अनुभव छ । उनीसँग खराव अवस्थामा पनि बजारबाट पैसा उठाउन सक्ने क्षमता छ । इकोनोमिक टाइम्सबाट