नेपाल श्रीलंकावीच सीधा हवाई सम्पर्क स्थापनाको तयारी, व्यापार वृद्धिमा दूतावासको पहल

बिजमाण्डू
२०६९ माघ १२ गते ००:०० | Jan 25, 2013

काठमाडौं । नेपालका लागि श्रींलकाका राजदुत डब्लुएम सेनीभिराथनाले श्रींलका र नेपालवीच सीधा हवाई सम्पर्क स्थापनाको प्रयास भइरहेको बताएका छन् । नेपाल श्रींलका उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलको भेटमा उनले यो कुरा बताएका हुन् । नेपाल र श्रींलकाबीच सीधा हवाई सेवा नहुँदा बौद्ध धर्मावलम्बी भनेजति नेपाल आउन सकेका छैनन् । केही वर्षअघि श्रींलकाको ध्वजावाहन लंका एयरलाइन्सले नेपालमा उडान भर्ने गरेको थियो ।
उनले श्रींलकाबाट बौद्ध धर्मावलम्बीहरुले लुम्बिनीको भ्रमण गरिरहेको बताउँदै प्रत्येक वर्ष धार्मिक पर्यटकको आगमनमा वृद्धि भइरहेको बताए । उनले दुई देशवीचको व्यापार वृद्धि गर्न दूतावासले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै चिया, हिरा जवाहरात र पर्यटन क्षेत्रमा लगानी गर्ने पहल भइरहेको जानकारी दिए । संघका अध्यक्ष भक्तबहादुर मल्लले श्रींलकामा हुने व्यापारिक मेला तथा व्यापारिक सूचनाहरु आदानप्रदान गर्न आग्रह गरे ।

Tata
GBIME
Nepal Life