भाजुरत्नसँग मर्जपछि स्टकमा फर्किएको भिवोर चिप्लियो, सुधारको प्रतिवद्धताले पनि काम गरेन

बिजमाण्डू
२०६९ माघ १० गते ००:०० | Jan 23, 2013
भाजुरत्नसँग मर्जपछि स्टकमा फर्किएको भिवोर चिप्लियो, सुधारको प्रतिवद्धताले पनि काम गरेन


काठमाडौं । भाजुरत्न फाइनान्ससँग मर्जपछि स्टक एक्सचेञ्जमा फर्किएको भिवोर विकास बैंकको पहिलो दिन राम्रो रहेन । बैंकको प्रतिकित्ता ११ रुपैयाँ (९.८२ प्रतिशत)ले सेयर मूल्य तल झरेर कारोवार भयो । मर्ज प्रक्रिया सुरु भएपछि २०६८ मंसिर २१ देखि भिवोरको स्टक कारोवार राकिएको थियो । ठीक चौध महिनापछि स्टकमा फर्किएकै दिन भिवोरले झड्का व्योहोर्नु परेको हो ।
बितेको १४ महिनामा मर्ज प्रक्रियाबाहेक पनि कम्पनीमा थुप्रै परिवर्तन भैसकेका छन्, वित्तीय अवस्था फरक भैसकेको छ तर पनि लगानीकर्ताले त्यसलाई विश्वास गर्न सकेनन् । भिवोरले बैंकमा नयाँ सिइओको खोजी भैरहेको छ र लामो समयदेखि कार्यारत अजय घिमिरेले सिइओबाट अवकाशको घोषणा गरिसकेका छन् ।
त्यसबाहेक रियलस्टेटमा वेपत्तासँग लगानी बढाएको भिवोरले त्यस्तो रकम धेरै कम गरिसकेको छ । चालु आर्थिक वर्ष भित्र जग्गा विकास र आवास योजनामा बैंकले गरेको लगानी २५ प्रतिशत सिमामा ल्याउने घोषणा बैंकको छ । बैंकले अहिले कमलपोखरीको परियोजनामा ५१ करोड ७८ लाख, पुल्चोकको परियोजनामा ३२ करोड ४७ लाख, सानेपा परियोजनामा ४३ करोड ६४ लाख र बुङ्गमती परियोजनामा १७ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ ।
कमलपोखरीको परियोजना स्वामित्व हस्तान्त्रण गर्ने चरणमा पुगेको छ भने बाँसवारीमा रहेको सम्पूर्ण जग्गा बैंकले विक्री गरिसकेको छ, त्यसैगरी बुङ्गमतीमा रहेको बाँकी जग्गा समेत विकास गरी विक्री गर्ने प्रक्रियामा बैंक छ । बैंकले नेपाल राष्ट्र बैंकबाट लिएको रिफाइनान्स र अन्तिम ऋणदाता कर्जा सुवधा तथा अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको सापटी पूर्ण रुपमा चुक्ता गरिसकेको छ । भिवोरमा रणनीतिक साझेदार भित्र्याउने, सहयाक कम्पनी भिबोर प्रपर्टीजमा गरेको लगानीबाट बाहिरिने र भिवोर क्यापिटललाई  सशक्त र विविधिरण गरिने योजना बैंकको छ ।

Tata
GBIME
Nepal Life