साङ्ग्रीला विकास बैंकको नाफा दोब्बरले बढ्यो, युनिक फाइनान्सको नाफा एक करोड २५ लाख

बिजमाण्डू
२०६९ माघ ९ गते ००:०० | Jan 22, 2013

काठमाडौं । पोखराको साङ्ग्रिला  डेभलपमेन्ट बैंकले नाफा दोब्बर बढाएको छ । बैंक पुस मसान्तसम्म नाफा तीन करोड ३२ लाख रुपैयाँ पुराएको छ । ३२ करोड चुक्ता पुँजी रहेको बैंकले खुद ब्याज आम्दानी २५.७७ प्रतिशतले वृद्धि गर्दै नाफा बढाएको हो । बैंकको ब्याज आम्दानी सात करोड ६९ लाख छ ।
बैंकले रियलस्टेट कर्जा घटाए पनि नोक्सानी व्यवस्थाको रकम भने घटाउन सकेको छैन । बैंकको यस्तो रकम ३२.६१ प्रतिशतले वढेर एक करोड २५ लाख पुगेको छ ।
रियलस्टेट कर्जा ६.२६ प्रतिशतले घटेर १२ करोड ५५ लाखमा झरेको छ । बैंकले कुल ऋण लगानी ३५ प्रतिशत वृद्धि गरी दुई अर्ब ४१ करोड रुपैयाँ पुर्याएको छ भने निक्षेप ३१ प्रतिशतले वढाएर दुई अर्ब ७७ करोडमा पुगेको छ । यसैगरी २० करोड चुक्ता पुँजी रहेको युनिक फाइनान्सले पनि नाफा साढे ५८ प्रतिशतले वढाएर एक करोड २५ लाख पुर्याएको छ । कम्पनीले नोक्सानी व्यवस्था वापतको रकम ९२ प्रतिशतले घटाउँदै ब्याज आम्दानी राम्रो गरेका कारण नाफामा वृद्धि भएको हो ।
फाइनान्सले नोक्सानी व्यवस्थाको रकम २६ लाख २६ हजारबाट घटाएर दुई लाखमा झारेको छ । कम्पनीले खुद व्याज आम्दानी १२.३८ प्रतिशतले वढाउँदै २ करोड १२ लाख पु¥याएको छ । कम्पनीले पुस मसान्तसम्म निक्षेप ४.९० प्रतिशतले वढाएर ३९ करोड पुर्याएको छ । रियलस्टेटसहित कुल ऋण भने घटाएको छ । फाइनान्सले कुल ऋण ४.५४ प्रतिशतले घटाएर ४० करोड २३ लाखमा झारेको हो । रियलस्टेट कर्जा ४.६६ प्रतिशतले घटाएर  ८ करोड ९२ लाखमा झारेको छ ।

Tata
GBIME
Nepal Life