चार बैंकले तोके न्यूनतम ब्याज दर, वढी किस्टको, कम बिओकेको, १५ दिनभित्र सबैले तोक्ने

बिजमाण्डू
२०६९ माघ ८ गते ००:०० | Jan 21, 2013

काठमाडौं । तीन वटा वाणिज्य बैंकले न्युनतम ब्याज (वेस रेट) दर तोकेका छन् । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई वेस रेट तोक्न निर्देशन दिएपछि तीन बैंकले ऋणको न्युनतम ब्याज तोकेका हुन् । बैंक अफ काठमाण्ठू (बिआके) किस्ट बैंक, ग्रान्ड बैंक नेपाल र कमर्ज एन्ड ट्रष्ट बैंक नेपालले वेस रेट तोकेका हुन् । वाँकी २८ वटा बैंकले दुई साताभित्र वेस रेट तोकिसक्ने छन् ।
बैंकहरुले पुँजी लागतमा सबै खर्च कटाएर निस्चित प्रतिशत नाफा जोडेपछि ऋणको न्युनतम ब्याज तोक्नु पर्छ । बिओकेले आधार दर ८.२९ प्रतिशत तोकेको छ । किस्टले कर्जाको आधार दर ११.१२ प्रतिशत तोकेको छ । ग्रान्डले १०.४९ प्रतिशत र कमर्जले १०.१४ प्रतिशत तोकेको हो । अहिले कतिपय बैंकले १० प्रतिशत व्याजमा नै ऋण दिइरहेका छन् । राष्ट्र बैंकले न्युनतम ब्याजभन्दा पनि कममा ऋण दिन पाइने गरी आधार दर कार्यान्वयनमा ल्याएको छ ।
आधार दर पूर्ण रुपमा कार्यान्वयनमा आइसकेपछि बैंकहरुलाई कर्जाको व्याज घटाउन दवाव पर्छ । यसका लागि उनीहरुले निक्षेपको व्याज अझ घटाउने छन् ।

Tata
GBIME
Nepal Life