ऋण नतिरेपछि ६ महिनामै २८८ जना कालोसुचीमा, वढीजसो घरजग्गा तथा क्रसर व्यवसायी, उद्योगपति र डन पनि

बिजमाण्डू
२०६९ माघ ८ गते ००:०० | Jan 21, 2013
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेका कारण चालु वर्षको पुससम्म २ सय ८८ जना कालोसुचीमा परेका छन् । ६ महिनाको अवधिमा घरजग्गा, क्रसर, ठेकेदार, विल्डर्सहरु वढीजसो कालोसुचीमा परेका छन् ।
बैंक तथा वित्तीय संस्थाको सिफारिसमा कर्जा सुचना केन्द्रले यिनीहरुलाई कालोसुचीमा राखेको हो । कालोसुचीमा परेको  व्यवसायी तथा ऋणीले बैंक तथा वित्तीय संस्थाबाट थप ऋण लिन नपाउनुका साथै सार्वजनिक संस्थाहरुको जिम्मेबारीमा समेत बस्न पाउँदैन ।
केन्द्रका अनुसार, अहिलेसम्म २ हजार ७ सय ६४ जना कालोसुचीमा परेका छन् । माघयता मात्रै ११ जना कालोसुचीमा परेका छन् । पछिल्लो सयम घरजग्गा लगायतको व्यवसाय विग्रिँदा कालोसुचीमा पर्ने क्रम वढेको हो ।
यस वाहेक राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा वढी ऋण लिएर नतिर्नेलाई पनि कालोसुचीमा राख्ने व्यवस्था गरेको थियो । तीन साताअघिसम्म २५ लाख लिएर नतिर्नेहरु मात्र कालोसुचीमा पर्थिए ।
६ महिनायता कालोसुचीमा पर्नेहरुमा आयुसा डेभलपर्सका धिरेन्द्रप्रसाद प्रधान, विराट अटो इन्टरप्राइजेज, उद्याग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्डीराज ढकाल, मन्जुश्री शाक्य टे«डर्स,  घरजग्गा व्यवसायी सुधिर वस्नेत, विवि नेपाल टे«डर्स कन्सर्न रहेका छन् ।
साथै ओरेन्टल इन्भेष्टमेन्ट कम्पनी, वाटरमार्क सोलुसन नेपाल, कोहिनुर हिल हाउजिङ, केविटी इन्डस्ट्रिज, कुमारी विल्डर्स एन्ड डेभलपर्स, एनबी इन्भेष्टमेन्ट, लक्ष्मीवहादुर श्रेष्ठ, पवनपुत्र इन्डस्ट्रिज, पवनकुमार लोहिया, पञ्कन्या एग्रिगेट, लक्ष्मी वनस्पति घिउ उद्योग, सिरुवा कन्स्ट्रक्सन कम्पनी, गणेश लामा, सिद्धिगणेश इन्भेष्टमेन्ट, जेन श्रेष्ठ, काठमाण्डू रिक्रियसन सेन्टर, ओरेन्टल विल्डर्स, चितवन फुड प्रोडक्टलगायत कालोसुचीमा परेका छन् ।  
कालोसुचीमा पर्नेको पुरै विवरण यहाँ
 

Tata
GBIME
NLIC