ग्रोथ सेलर्सको एचआर मिट माघ २५ बाट, उत्कृष्ट मानव संसाधन प्रवन्धकलाई ५० हजार पुरस्कार

२०६९ माघ ७ गते ००:००
ग्रोथ सेलर्सको एचआर मिट माघ २५ बाट, उत्कृष्ट मानव संसाधन प्रवन्धकलाई ५० हजार पुरस्कार


काठमाडौं । ग्रोथ सेलर्सले बार्षिक आयोजना गर्दै आएको एच आर मिट माघ २५ गते हुने भएको छ। मानब पुँजीलाई सशक्तिकरण गर्दैू भन्ने नाराको साथ आयोजना गरिने मानव संशाधन भेलामा बिभिन्न क्षेत्रका २०० भन्दा अधिकको सहभागिता रहने एच आर मिट २०१३ संयोजन समितिका अध्यक्ष मोहन ओझाले जानकारी दिए ।

यस बर्षको एचआर मिटमा अन्तरराष्ट्रिय ख्याती प्राप्त बक्ता भारतका मिनोचर पटेल, श्रम मन्त्रालय, नेपालका तर्फबाट केवलप्रसाद भण्डारी, भारतका प्रमाणित एन एल पी तथा इ एफ टी अभ्यासकर्ता महेश शर्मा, र भारतको अक्षय वाल र रिना वालको प्रस्तुति रहने, अध्यक्ष ओझाले आइतवार पत्रकार सम्मेलन गरेर जानकारी दिए ।
एचआर मिटमा उत्क्रिष्ट मानव संशाधन प्रबन्धकको पुरस्कार पनि बितरण गरिने आयोजकले जानकारी गराए। यस पटकको उत्क्रिष्ट मानव संशाधन प्रबन्धकको लागि ५० हजार राशीको पुरस्कार एक्स्क्लुसिव माईन्ड्सले प्रायोजन गरेको कम्पनीले जानकारी दियो । त्यसै गरी एचआर मीट २०१२ मा गरेको प्रतिबद्धता बमोजिम एचआर मीटको बजेटबाट नेपाल आर्थिक पत्रकार समाजलाई २५ हजार रुपैयाँ प्रदान गर्ने पनि ओझाले जानकारी दिए ।


Sunrise Bank
TATA
GBIME