दोस्रो त्रैमासबाट राम्रो नजिता नआउने संकेतले स्टक बजार ढल्यो, नेप्से आइतवार १३ अंक तल

बिजमाण्डू
२०६९ माघ ७ गते ००:०० | Jan 20, 2013
दोस्रो त्रैमासबाट राम्रो नजिता नआउने संकेतले स्टक बजार ढल्यो, नेप्से आइतवार १३ अंक तल

काठमाडौं । दोस्रो त्रैमासमा बैंक तथा वित्त संस्थाबाट राम्रो नतिजा आउने संकेत नभएपछि आइतवार स्टक अप्रत्यासित रुपमा तल झर्यो । आइतवार एकै दिन सूचक झण्डै १३ अंकले तल झरेर बजार बन्द भयो । सबैभनदा बढी बैकिङ्ग समूहको सूचक १९.३३ र जलविद्युत समूहको सूचक २२.८ अंकले तल झरे । बजार बन्द हुँदा नेप्से सूचक ५०७ अंकमा आयो । तीन साता अघि सूचक झण्डै साढे पाँच सय नजिक पुगेको थियो ।
बैंकिङ्ग समूहको हावा लागेपछि मध्यान्हसम्म हरियो बत्ती बालिरहेको इन्सुरेन्स समूह पनि रातो बन्यो । होटल समूह ६.८८ अंक, विकास बैंक समूह २.६१ अंक, फाइनानस ०.६ अंक, उतपादन समूह ३.६२ अंक र अन्य ४.६९ अंकले तल झरे ।
स्टकमा कारोवार भएका ५४ कम्पनीको सेयर मूल्य आइतवार तल झर्यो, जम्मा सात कम्पनीको मात्रै सेयर मूल्य माथि चढ्यो । कन्ट्रि डभलपमेन्ट बैंक, कामना विकास बैंक, नेपाल लाइफ इन्सुरेन्स, पु्रडेन्सियल इन्सुरेन्स, ज्योती विकास बैंक, बोटलर्स नेपाल (तराई) र सिद्धार्थ इन्सुरेन्सको मात्रै सेयर मूल्य बढ्यो । छ कम्पनीमा पनि कन्ट्रि डेभलपमेन्ट र ज्योती विकास बैंक प्रतिसेयर एक सय रुपैयाँभन्दा कममा कारोवार हुने कम्पनी हुन् । प्रतिकुल अवस्थामा पनि मूल्य बढेको ठूलो कम्पनी नेपाल लाइफ मात्रै हो । कम्पनीको आइतवार तीन प्रतिशतले सेयर मूल्य बढेपछि प्रतिकित्ता १५४५ रुपैयाँ पुगेको छ ।
नेप्सेलाई सबैभन्दा ठूलो प्रभाव बैकिङ्ग क्षेत्रको खराव कर्जाले पार्यो । व्यवासायी सुधिर बस्नेतको घरजग्गा र विमान कम्पनीको कारोवारमा असर परेपछि धेरै बैंकले दोस्रो त्रैमासमा ठूलो रकम खराब कर्जाका लागि व्यवस्थापन गर्नुपर्यो । झण्डै एकदेखि डेढ अर्ब रुपैयाँको जोखिम व्यवस्थापन गर्दा दोस्रो त्रैमासमा धेरै बैंकको नाफामा असर परेको छ । केही साना बैंक यही कारण घाटामा जाँदैछन् । बैंकको नाफामा असर परेपछि सम्भावित लाभांस पनि असर पर्नेछ, त्यसको प्रभाव आइतवारको स्टक कारोवारमा परेको विश्लेषकहरुको दावी छ । आइतवार बैंक अफ काठमाण्डूको सेयर ३० रुपैयाँले घटेर ६५० मा, बुटवल पावरको १६ रुपैयाँ घटेर ७८४ मा, चिलिमे हाइड्रोपावरको २७ रुपैयाँ घटेर १०८१ मा, सिटिजन्स बैंकको १६ रुपैयाँ घटेर २५० मा एभरेष्ट बैंकको ४० रुपैयाँ घटेर १३३० मा कारोवार भयो ।
ग्लोबल आइएमई बैंकको १० रुपैयाँ घटेर ३९६ मा, हिमालयन बैंक १५ रुपैयाँ घटेर ७७४ मा, कुमारी बैंक १२ रुपैयाँ घटेर २५३ मा, लक्ष्मी बैंक १५ रुपैयाँ घटेर ३४० मा, लुम्बिनी बैंक ११ रुपैयाँ घटेर २४२ मा, नविल बैंक ७० रुपैयाँ घटेर १५५० मा, नबिल बैंक प्रवद्र्धक सेयर १९ रुपैयाँ घटेर १०२३ मा, नेपाल इन्भेष्टमेन्ट ३६ रुपैयाँ घटेर ७४५ मा, एनएमबी बैंक ११ रुपैयाँ घटेर २४६ मा कारोवार भयो । त्यसैगरी प्राइम बैंकको सेयर १२ रुपैयाँ घटेर २९० मा, नेपाल एसबीआईको ४२ रुपैयाँ घटेर ७९६ मा, स्ट्याण्डर्ड चार्टडको ८६ रुपैयाँ घटेर १९१९ मा कारोवार भयो ।
सगरमाथा इन्सुरेन्सको १० रुपैयाँ तल ७८४ मा, सनराइज बैंकको ११ रुपैयाँ कम १७४ मा, स्वावलम्वन विकास बैंकको २१ रुपैयाँ कम ३११ र युनिलिभर नेपालको एक सय रुपैयाँ तल प्रतिकित्ता दश हजार रुपैयाँमा कारोवार भयो । सेयर मूल्य तल झरेपछि आइतवार पाँच करोड ५९ लाख रुपैयाँको मात्रै सेयर कारोवार भयो ।

Tata
GBIME
Nepal Life