वैदेशिक रोजगारीमा जानेमध्ये २४ प्रतिशत कामदार अदक्ष, उच्च सीपयुक्त ०.१३ प्रतिशत

बिजमाण्डू
२०८३ मंसिर ८ गते १९:४८ | Nov 24, 2026
वैदेशिक रोजगारीमा जानेमध्ये २४ प्रतिशत कामदार अदक्ष,  उच्च सीपयुक्त ०.१३ प्रतिशत

काठमाडौं। वैदेशिक रोजगारीमा जानेमध्ये एक चौथाइ युवा अदक्ष रहेको पाइएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका कामदारमध्ये २४.०२ प्रतिशत अदक्ष रहेको पाइएको हो।

GBIME
Tata

त्यस अवधिमा पुनः श्रम स्वीकृतिसमेत गरी कुल ७ लाख ९२ हजार १८४ युवाले श्रम स्वीकृति लिएका थिए। तीमध्ये सबैभन्दा बढी ६०.९३ प्रतिशत दक्ष कामदार हुन्।

श्रम स्वीकृति लिनेमध्ये १४.४७ प्रतिशत अर्धदक्ष, २४.०२ प्रतिशत अदक्ष र ०.१३ प्रतिशत उच्च सीपयुक्त कामदार भएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ।

प्रदेशगत रूपमा गत आर्थिक वर्ष २०८२/८३ मा मधेशबाट सबैभन्दा धेरै युवा वैदेशिक रोजगारीमा गएका छन्।

मधेश प्रदेशबाट १ लाख ७९ हजार ३९ जनाले श्रम स्वीकृति लिएका हुन्। त्यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशबाट ३० हजार ४९० जना गत आवमा वैदेशिक रोजगारीमा गएको तथ्यांक छ।