महालक्ष्मी विकास बैंकद्धारा सीताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण

बिजमाण्डू
२०८३ मंसिर ८ गते १५:५४ | Nov 24, 2026
महालक्ष्मी विकास बैंकद्धारा सीताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सीताराम प्रसाई महालक्ष्मी जेहेन्दार विधार्थी छात्रवृत्ति प्रदान गरेको छ।

GBIME
Tata

सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुर्‍याउने उद्धेश्यका साथ स्वर्गिय सीताराम प्रसाईको स्मृतिमा स्थापित सीताराम प्रसाई महालक्ष्मी जेहेन्दार विधार्थी छात्रवृत्ति श्री सीताराम सामुदायिक अंग्रेजी विद्यालय, मेचीनगर– १४, झापामा अध्ययनरत छात्रा मुस्कान खातुनलाई प्रदान गरिएको हो।

छात्रवृत्तिको रकम ५० हजार रुपैयाँ रहेको छ। विद्यालयमाआयोजित एक कार्यक्रमकाबीच बैंकका शाखा प्रबन्धकले विद्यालयका प्रधानध्यापकमार्फत छात्रवृत्ति प्रदान गरिएको हो।

यस प्रकारको संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमबाट विद्यार्थीहरुलाई आर्थिक अभावकै कारण अध्ययनमा वञ्चित हुनुपर्ने बाध्यता हट्ने विश्वास बैंकले लिएको जनाइएको छ।

गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाण्डौं, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ।