नेपालले टस हार्‍यो, पाकिस्तान ‘ए’ पहिला ब्याटिङ गर्दै, नेपालको प्लेइङ ११ मा परिवर्तन

बिजमाण्डू
२०८३ मंसिर ८ गते १५:५० | Nov 24, 2026
नेपालले टस हार्‍यो, पाकिस्तान ‘ए’ पहिला ब्याटिङ गर्दै,  नेपालको प्लेइङ ११ मा परिवर्तन
टसका दौरान नेपाल र पाकिस्तान 'ए' का कप्तान। Photo : ACC

काठमाडौं। नेपाली क्रिकेट टोलीले पाकिस्तानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। एसिया कप राइजिङ स्टार्समा आजको खेलमा पाकिस्तानी कप्तान अब्दुल समदले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

GBIME
Tata

लगातार दुई जित निकाल्दै पाकिस्तानले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसक्दा नेपालको भने सम्भावना कमजोर छ। नेपालले आफ्नो पहिलो खेलमा भारत ‘ए’सँग लज्जास्पद हार ब्यहोरेको थियो भने दोस्रोमा यूएईलाई हराएको थियो। आज जारी पहिलो खेलमा यूएईले भारतलाई हराएको खण्डमा मात्रै नेपालको सम्भावना रहन्छ।

आजको खेलमा नेपाली टोलीमा केही परिवर्तन गरिएको छ।

नेपालको प्लेइङ ११

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, इशान पाण्डे, लोकेश बम, मयन यादव, नन्दन यादव, अभिषेश गौतम, बसीर अहमद, पवन सर्राफ, राशिद खान, देव खनाल