काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको सरकारी भ्रमण टोली ३५ सदस्यीय बनेको छ।
टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह, प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र र मुख्य सचिव गोविन्दबहादुर कार्की छन्।
यस्तै परराष्ट्र सचिव अमृतबहादुर राई, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव रुद्र सिंह तामाङ, प्रधानमन्त्रीका प्रमुख निजी सचिव सुवास शर्मा, लगानी बोर्डकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब, परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार जगदीश्वर पाण्डे, प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियार, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी र लोक बहादुर पौडेल क्षत्री, शिष्टाचार महापाल कुमार राज खरेल, अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोल टोलीमा परेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव सुवास ढकाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनिल पौडेल, प्रधानमन्त्रीकी मिडिया व्यवस्थापन तथा अनुसन्धान संयोजक दीपा दाहाल, परराष्ट्र मन्त्रालयकी उपसचिव ललिता सिलवाल र विजय राज तण्डुकार, परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव लोचन पौडेल, शिष्टाचार अधिकृत दीपक राज निरौला, परराष्ट्र मन्त्रालयका शाखा अधिकृत मनोज गैरे, प्रधानमन्त्रीका प्रमुख एडीसी लेफ्टिनेन्ट कर्नेल बाल मुकुन्द विष्ट, ( प्रधानमन्त्रीका सुरक्षा अधिकृत मेजर सुशील बानियाँ र डीएसपी दीपेश बस्याल भ्रमण टोलीमा छन्।
यस्तै प्रधानमन्त्रीका निजी उपसचिव विनय शाक्य, गोरखापत्रकी संवाददाता तारा हमाल ढुंगाना, राससका संवाददाता कमल कुमार बस्नेत, नेपाल टेलिभिजनका क्यामेरापर्सन अशोक कुमार बस्नेत, उप-शिष्टाचार महापाल प्रेम राज गौतम, प्रधानमन्त्रीका एडीसी मेजर रोशन केसी छन्।










