प्रधानमन्त्री बालेनले भारतीय समकक्षी मोदीसँग सोमबार बिहान वार्ता गर्ने, यस्तो छ तालिका

बिजमाण्डू
२०८३ मंसिर ६ गते १३:११ | Nov 22, 2026
प्रधानमन्त्री बालेनले भारतीय समकक्षी मोदीसँग सोमबार बिहान वार्ता गर्ने, यस्तो छ तालिका

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह केहीबेरमा छिमेकी देश भारतको राजकीय भ्रमणमा जाँदैछन्।

GBIME
Tata

बालेन अपराह्न १:४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँ दिल्ली जाँदैछन्। उनी अपराह्न ३ बजे नयाँ दिल्ली पुग्नेछन्। नयाँ दिल्लीमा उनले साँझ ६ बजे भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने तालिका छ।

साँझ ७ बजे नेपाल भारत बिजनेस फोरमको कार्यक्रम हुनेछ। कार्यक्रमका लागि नेपालबाट प्रधानमन्त्री बालेनसँगै चार दर्जन उद्योगी व्यवसायी भारत जाँदैछन्।

बालेनले सोमबार बिहान ११ बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्। मोदीसँगको भेटवार्तापछि बिहान ११: ५० बजे प्रतिनिधिमण्डलस्तरमा छलफल हुनेछ।

वार्तापछि केही परियोजनाको भर्चुअलरुपमा उद्‍घाटन र समझदारीपत्रमा हस्ताक्षरको तालिका छ। त्यसपछि बालेनको सम्मानमा मोदीले दिवाभोज राखेका छन्। दिवाभोजमा सहभागी भएपछि बालेन अपराह्न ३:१५ बजे भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गरी ४:५० बजे काठमाडौंका लागि उड्नेछन्।