काठमाडौं। नेपाली कांग्रेसले जिल्ला अधिवेशन पुस पहिलो साता गर्ने तयारी गरेको छ।
कांग्रेस सभापति गगन थापाले आइतबार सर्लाहीका नेता तथा कार्यकर्तामाझ जिल्ला अधिवेशन पुस पहिलो साता र त्यसको केही दिनमा प्रदेश अधिवेशन गर्ने तयारी रहेको बताएका छन्। उनले जिल्ला र प्रदेश अधिवेशनपछि स्थानीय तहको निर्वाचनको तयारीमा जुट्ने बताए।
‘पुस पहिलो साता मोटामोटी टुंगो गर्न बाँकि छ, तर पनि अहिलेसम्मको सोचाइ अनुसार पुस पहिलो साता हामी जिल्ला अधिवेशन गर्छौं। र त्यसको ३ ४ दिनपछि थोरै अवधि राखेर प्रदेश अधिवेशन गर्छौं,’ उनले भने, ‘त्यसपछि हामी स्थानीय निर्वाचनका लागि जुट्छौं।’










