BIZMANDU
www.bizmandu.com

कांग्रेसको जिल्ला अधिवेशन पुस पहिलो साता, गगनले भने- त्यसपछि स्थानीय निर्वाचनका लागि जुट्छौं

२०८३ कात्तिक २९

कांग्रेसको जिल्ला अधिवेशन पुस पहिलो साता, गगनले भने- त्यसपछि स्थानीय निर्वाचनका लागि जुट्छौं
कांग्रेसको जिल्ला अधिवेशन पुस पहिलो साता, गगनले भने- त्यसपछि स्थानीय निर्वाचनका लागि जुट्छौं

काठमाडौं। नेपाली कांग्रेसले जिल्ला अधिवेशन पुस पहिलो साता गर्ने तयारी गरेको छ।

GBIME
Tata

कांग्रेस सभापति गगन थापाले आइतबार सर्लाहीका नेता तथा कार्यकर्तामाझ जिल्ला अधिवेशन पुस पहिलो साता र त्यसको केही दिनमा प्रदेश अधिवेशन गर्ने तयारी रहेको बताएका छन्। उनले जिल्ला र प्रदेश अधिवेशनपछि स्थानीय तहको निर्वाचनको तयारीमा जुट्ने बताए।

‘पुस पहिलो साता मोटामोटी टुंगो गर्न बाँकि छ, तर पनि अहिलेसम्मको सोचाइ अनुसार पुस पहिलो साता हामी जिल्ला अधिवेशन गर्छौं। र त्यसको ३ ४ दिनपछि थोरै अवधि राखेर प्रदेश अधिवेशन गर्छौं,’ उनले भने, ‘त्यसपछि हामी स्थानीय निर्वाचनका लागि जुट्छौं।’