भक्तपुर राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी

बिजमाण्डू
२०८३ कात्तिक २८ गते ०८:३८ | Nov 14, 2026
भक्तपुर राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी

काठमाडौं। भक्तपुरको राधेराधेमा रहेको प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा आगलागी भएको छ। शनिबार बिहानै त्यहाँको रेष्टुरेन्टबाट आगजनी भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्यबहादुर खड्काले बताएI

GBIME
Tata

‘दमकल सहितको टोली पुगेको छ। आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ,’ उनले भने। आगलागीको कारण र अन्य क्षतिको विवरण भने आइसकेको छैन।

उक्त व्यावसायिक भवनमा एकाबिहानै सडकबाट धुवाँसँगै आगोको मुस्लो सडकबाटै देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्।