भीमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरुका परिवारलाई मधेश प्रदेश सरकारको १/१ लाख राहत

बिजमाण्डू
२०८३ कात्तिक २७ गते १८:५० | Nov 13, 2026
भीमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरुका परिवारलाई मधेश प्रदेश सरकारको १/१ लाख राहत

काठमाडौं। मकवानपुरको भीमफेदीमा सडक दुर्घटनामा परी ज्यान गुमाएकाहरुका परिवारलाई मधेश प्रदेश सरकारले प्रति मृतक एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ।

GBIME
Tata

प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बसेको बैठकले प्रति मृतक एक लाखका दरले परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्यमन्त्री नागेन्द्र साहले जानकारी दिए।

काठमाडौंबाट सर्लाहीतर्फ गएको माइक्रोबस बिहीबार बिहान भिमफेदीमा दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो। मृतकमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरका हुन्।

यसअघि चक्रघट्टा गाउँपालिकाले मृतकको दाहसंस्कारका लागि ५० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको थियो।