प्रोटोन ईमास५ प्रति विश्व बजारमा आकर्षण बढ्दो, गाडीले मलेसियामा पायो दुई अवार्ड

बिजमाण्डू
२०८३ कात्तिक २७ गते १८:३५ | Nov 13, 2026
प्रोटोन ईमास५ प्रति विश्व बजारमा आकर्षण बढ्दो, गाडीले मलेसियामा पायो दुई अवार्ड

काठमाडौं। प्रोटोन ईमास५ ले दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ। यो विद्युतीय गाडीले मलेसियामा पिपुल्स च्वाइस र एडिटर्स च्वाइस विधामा अवार्ड जितेको हो।

GBIME
Tata

कारलिस्ट डट एमवाईले गरेको कार्यक्रममा प्राप्त उपलब्धिले उपभोक्ता तथा अटोमोबाइल क्षेत्रका विज्ञमाझ प्रोटोन ई. मास ५ को बढ्दो लोकप्रियता र आकर्षणलाई थप पुष्टि गरेको नेपालका लागि यसको आधिकारिक विक्रेता कम्पनी जगदम्बा मोटर्सले जनाएको छ।

कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा यी दुई अवार्डले प्रतिस्पर्धात्मक विद्युतीय सवारी बजारमा प्रोटोन ई.मास ५ ले प्राप्त गरिरहेको विश्वास र स्वीकार्यतालाई प्रतिबिम्बित गर्ने उल्लेख छ।