काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले चीन भ्रमणमा जान लागेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुसँग छलफल गरेका छन्।
उनले चीन भ्रमणमा जान लागेका सांसदहरुलाई शुक्रबार सिंंहदरबारमा बोलाएर छलफल गरेका हुन्। रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार बालेनले सांसदहरुलाई भ्रमणका क्रममा दुई देशको सम्बन्धलाई प्रगाढ बढाउन निर्देशन दिएका छन्।
‘प्रधानमन्त्रीज्यूसँग छलफल भएको छ। उहाँले भ्रमणका क्रममा चीनबाट नेपालले लिनसक्ने लाभका विषयमा कुरा गर्न निर्देशन दिनुभएको छ,’ बुर्लाकोटीले भने, ‘चीनबाट नेपालले प्रविधि, व्यापार, पर्यटन तथा कृषिको आधुनिकीकरणका क्षेत्रमा लाभ लिन सक्छ। प्रधानमन्त्रीज्यूले भ्रमण घुमघाममा मात्रै सीमित नहोस्, नेपालको हितलाई प्रगाढ बनाउने विषयमा काम गर्नुस् भन्नुभएको छ।’
रास्वपाको २० सदस्यीय टोली १० दिनका लागि कात्तिक २९ गते चीन भ्रमणमा जाँदै छ। भ्रमण टोलीमा महामन्त्री विपिन आचार्य, सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, मुख्य सचेतक बुर्लाकोटी, सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रीमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा छन्।










![लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर] लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर]](https://bizmandu.com/wp-content/uploads/2026/11/848804182_1140586615022874_2099901756651918260_n-1-300x300.jpg)