नबिल इन्भेष्टमेन्ट बैंकिङले १ अर्बको म्युचुअल फण्ड निष्कासन गर्दै, कहिले खुल्छ आवेदन?

बिजमाण्डू
२०८३ कात्तिक २७ गते १२:१० | Nov 13, 2026
नबिल इन्भेष्टमेन्ट बैंकिङले १ अर्बको म्युचुअल फण्ड निष्कासन गर्दै, कहिले खुल्छ आवेदन?


काठमाडौं। नबिल इन्भेष्टमेन्ट बैंकिङले नयाँ म्युचुअल फण्डको इकाइ निष्कासन गर्ने भएको छ। क्यापिटलले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल ग्रोथ फण्डको इकाइ मंसिर ९ गतेदेखि निष्कासन गर्ने भएको हो।

GBIME
Tata

अंकित मूल्य १० रुपैयाँ दरको १० करोड इकाइले हुन आउने १ अर्ब रुपैयाँ आकारको नबिल ग्रोथ फण्डमा लगानीकर्ताले मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन्।

ढिलोमा मंसिर २३ गतेसम्म इकाइ निष्कासन खुला रहने बिक्री प्रबन्धकले जनाएको छ। कुल १० करोड इकाइमध्ये १४ प्रतिशतले हुन आउने १ करोड ४० लाख इकाइ कोष प्रवर्धक नबिल बैंकका लागि छुट्याइएको छ।

यस्तै, योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई १ प्रतिशतले हुन आउने न्यूनतम १० लाख इकाई सुरक्षित राखिएको छ।

बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ। नबिल ग्रोथ फण्ड १० वर्ष अवधिको बन्दमुखी योजना हो। लगानीकर्ताले १०० देखि १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन्।