काठमाडौं। नेपालको पहिलो हायात सेन्ट्रिक ब्राण्डको होटल सञ्चालक सिटी होटल लिमिटेडको वित्तीय अवस्थामा सुधार देखिएको छ।
कम्पनीको कुल आम्दानी ४.७ प्रतिशतले बढेको छ भने खुद नोक्सानी २८ प्रतिशतले घटेको छ। चालु वर्षको पहिलो त्रैमासमा होटलले १२ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ। पोहोर सोही अवधिमा होटलको कुल आम्दानी ११ करोड ५५ लाख रुपैयाँ थियो।
शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नोक्सानी ४ करोड ३ लाख रुपैयाँ छ। गत आर्थिक वर्षको सोही अवधिमा नोक्सानी ५ करोड ५७ लाख रुपैयाँ थियो।
होटलको सञ्चालन नाफा ५३ प्रतिशतले बढेको छ। पोहोर पहिलो तीन महिनामा होटलको सञ्चालन नाफा २ करोड ४३ लाख रुपैयाँ रहेकामा यसपालि बढेर ३ करोड ७२ लाख रुपैयाँ पुगेको छ।
होटलले दीर्घकालीन कर्जा २ अर्ब ४८ करोड र अल्पकालीन कर्जा ३ करोड ५७ लाख रुपैयाँमा झारेको छ। पोहोर पहिलो त्रैमासमा होटलको दीर्घकालीन कर्जा ३ अर्ब २० करोड र अल्पकालीन कर्जा १४ करोड १७ लाख रुपैयाँ थियो।
होटलको प्रति सेयर आम्दानी १.३३ रुपैयाँ ऋणात्मक छ।










![लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर] लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर]](https://bizmandu.com/wp-content/uploads/2026/11/848804182_1140586615022874_2099901756651918260_n-1-300x300.jpg)