चिनियाँ महिलासँगको शंकास्पद सम्बन्धको आरोपपछि एनभीडीयाका सीईओ हुआङले दिए राजीनामा

बिजमाण्डू
२०८३ कात्तिक २६ गते २०:२१ | Nov 12, 2026
चिनियाँ महिलासँगको शंकास्पद सम्बन्धको आरोपपछि एनभीडीयाका सीईओ हुआङले दिए राजीनामा


जासुससँग शंकास्पद सम्बन्ध रहेको आरोप लागेपछि टेक कम्पनी एनभीडीयाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले राजीनामा दिएका छन्।

GBIME
Tata

सीईओ हुआङले राजीनामा दिएको कम्पनीले औपचारिक रुपमा पुष्टि गरेको एबीसी न्यूजले जनाएको छ।

चिनियाँ जासुस शंकित महिलासँग हुआङको सम्बन्ध रहेको समाचार बाहिरिएलगत्तै राजीनामा आएको हो।

हुआङको राजीनामापछि अन्तरिम सीईओको जिम्मेवारी प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई दिइएको समाचारमा जनाइएको छ।